back
CTIZAN AD

मन्त्रिमण्डल पुनर्गठन : प्रचण्डको लाइन सेट नै परिवर्तन गर्ने, ओली केहिलाई मात्रै विदा गर्ने

वि.सं.२०७७ असोज ९ शुक्रवार

741 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छ । गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकको निर्णयअनुसार नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेको हो ।

आइतबार र मंगलबार सम्पन्न सचिवालय बैठकले पुनर्गठन गर्न नीतिगत निर्णय गरेको थियो । बैठकले पुनर्गठनबारे ३ वटा प्रस्ताव अगाडि सारेको थियो । जसमा प्रधानमन्त्रीबाहेक सबैलाई बिदाई गर्ने, दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र तेस्रो बिकल्पमाका रुपमा कार्य सम्पादनको मूल्याकनको आधारमा हेरफेर गर्ने छ ।

नेकपा स्रोतले बताएअनुसार सचिवालय बैठकले अगाडि सारेका तीन प्रस्तावमध्ये प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली केहीलाई मात्रै फेर्ने लाईनमा छन् । उनी कार्यसम्पादन मुल्यांकनको आधारमा केहिलाई बिदा गर्ने र केहिलाई राख्ने लाईनमा छन् ।

तर, पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले भने सबै सेट नै परिवर्तन गर्नुपर्ने लाईनमा रहेको बुझिएको छ । यसअघि सम्पन्न सचिवालय बैठकमा भएको छलफलमा पनि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पनि पुरै सेट परिवर्तन गर्नुपर्ने लाईनमा देखिएका थिए ।

बिहिबार पार्टीअध्यक्षद्वयबीच झण्डै तीन घण्टासम्म चलेको छलफलमा पनि कुन मोडेलमा जाने भन्ने निष्कर्ष निस्किएको थिएन् । नेकपा स्रोतले बताएअनुसार आज जारी छलफल पनि मोडेलको विषयमा नै केन्द्रित छ । नेकपाभित्रका नेताहरु एक /दुई दिनभित्रै मोडेलमा सहमती भई सरकार मन्त्रिमण्डल पुनर्गठन तिर लाग्ने बताउँछन् ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १४:०३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...