९ असोज, काठमाडौं । राष्टिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
आयोगले सम्बन्धीत पक्षलाई डा. केसीको जीवन रक्षामा संवेदनशील बन्न आग्रह गर्दै चिकित्शा शिक्षा सुधारका बिभिन्न माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा. केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विहिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक पटक अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा पत्ता लागेको बताएको छ ।
आयोगले आपसी विमतिका विषयहरुलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनशन जस्तो जीवन नै जोखिममा पार्न सक्ने जटिल विकल्प नरोज्न पनि सम्बन्धीत सबै पक्षलाई आग्रह गरेको छ ।
‘चिकित्सा शिक्षा जस्तो आधारभूत मानब अधिकारको विषप्रति संवेदनशीद हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौतारुप्रति गम्भीर हुँदै उहाँको जीवन रक्षाको लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ,’ आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै आपसी, विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनशन जस्तो जीवन नै जोखिममा पपार्न सक्ने जटिल विकल्प नरोज्न आयोग सम्बन्धीत सबै पक्षलाई आग्रह गर्दछ ।’

डा. केसीको उपचारका लागि डा. मल्लको संयोजकत्वमा आठ सदस्यीय चिकित्सक टोली गठन
वि.सं.२०७७ असोज ९ शुक्रवार १४:०६ मा प्रकाशित





























