back
CTIZAN AD

मुगुको चैनगाउँमा घरघरै पानीका धारा आएपछि गाउँले खुसी

वि.सं.२०७७ असोज ९ शुक्रवार

987 

shares

९ असोज, मुगु । छायाँनाथ रारा नगरपालिका-२ चैनगाउँकी अबिसरा हमाल घरको ढोकामै स्वच्छ खानेपानी उपभोग गर्न पाउँदा खुशी भएकी छन् ।

पहिले डोकोमा गाग्री बोकेर ३० मिनेट टाढा चैन खोलाबाट पानी ल्याउदै हैरान भएकी उनी अहिले घरको ढोकामै स्वच्छ पानी गाग्रीमा भर्न पाउँदा गाउँमा बिकासले कोल्टो फेरेको महसुस गरेको बताउँछिन् ।

घरमै स्वच्छ पानीको धारा जडान भएपछि चैन गाउँकी गोरीकला चौलागाईँको पनि मनमा खुशी छाएको छ । अब ३० मिनेट टाढा चैन खोलाबाट दुषित पानी ल्याउनुपर्ने दुःख हटेको गौरीकलाले बताइन् । उनी भन्छिन् ‘घरको ढोकामै स्वच्छ खानेपानी पुग्यो, टाढाबाट पानी ल्याउनुपर्ने दुःख हट्यो ।

छायाँनाथ रारा नगरपालिकाले ११ लाख र हिरिस्डेक संस्थाले ७ लाख बजेट बिनियोजन गरि चैन गाउँका ४५ घरपरिवारको घरघरैमा स्वच्छ खानेपानीका धारा जडान गरेपछि स्थानीय उत्साहित भएका हुन् ।

सिमित ४५ घर मात्र नभएर प्रहरीचौकी स्कुल र स्वास्थ्य कार्यालयमा पनि स्वच्छ खानेपानीका धारा जडान गरेपछि प्रहरी जवान बिद्यार्थी र स्वास्थ्यकर्मीलाई समेत सहज भएको छ ।

घरघरै स्वच्छ पानीका धाराको ब्यवस्था गरिएपछि चैन गाउँका महिला पुरुष अनि बुढापाकाको मुहारमा खुशी छाएको वडाअध्यक्ष परेकराज चौलागाईँ बताउँछन् ।

धारालाई दिगो बनाउन समुदायले मर्मत सम्भार समिति गठन गरि कोष खडा गर्नुपर्ने अध्यक्षको भनाई छ । पानीका धारासंगै मिटरको पनि ब्यबस्था गरिएको छ ।

कुन परिवारले महिनामा कति पानी उपभोग ग¥यो भनेर थाहा पाउन मिटर जडान गरिएको हिरिस्डेक संस्थाका कार्यकारी निर्देशक मीन रावलले सुनाए ।

संस्थाले स्थानीयतहसंग समन्वय सहकार्य गरेर स्वच्छ खानेपानी अभाव भएका बस्तीस्तरमा घरघरै धारा जडान कार्यलाई उच्च प्राथमिकता दिदै आएको उनको भनाई छ ।

५ बर्षभित्र नगरको वडान १ देखि १४ सम्म सबै बस्तीका प्रत्येक घरमा स्वच्छ खानेपानीका धारा जडान गर्ने लक्ष्य राखेको नगर प्रमुख हरिजंग शाहीले बताए । उनले त्यसका लागि हरेक बर्ष बजेट छुटयाउदै आएको पनि संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १४:२७ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...