back
CTIZAN AD

यी हुन केएल राहुलले बेङ्गलोर विरुद्धको एकै खेलमा बनाएका ५ नयाँ किर्तिमानहरु

वि.सं.२०७७ असोज ९ शुक्रवार

789 

shares

असोज ९, काठमाडौँ । किंग्स इलेवन पंजाबका कप्तानको केएल राहुलले रोयल च्यालेन्जर्स बेङ्गलोर विरुद्धको खेलमा सतक बनाएका थिए । उनकै विस्फोटक ब्याटिङ्गमा पंजाबले बेङ्गलोरलाई ९७ रनले पराजित गरेको थियो ।

बेङ्गलोर विरुद्धको खेलमा केएल राहुल ६९ बल खेल्दैँ १३२ रन बनाएर नटआउट रहेका थिए । त्यस क्रममा उनले ५ नयाँ किर्तिमानहरु आफ्नो नाममा गरेका छन ।

राहुलले बनाएका ५ नयाँ किर्तिमानहरु यस प्रकारका रहेका छन ।

१. केएल राहुल आईपिएलमा कप्तानका रुपमा र टि-२० विकेट किपरका रुपमा एकै खेलमा सर्वाधिक रन (६९ बलमा १३२ रन) बनाउने खेलाडी  बनेका छन ।

२. आईपिएलको एकै खेलमा भारतीय खेलाडीले बनाएको यो सबै भन्दा उच्च रन हो । यस अघि दिल्लीका रिषभ पंतले एक खेलमै १२८ रन बनाएका थिए ।

३. केएल राहुल टि-२० क्रिकेटमा विभिन्न ४ देशमा गएर सतक बनाउने पहिलो भारतीय खेलाडी समेत बनाएका छन ।

४. बेङ्गलोर विरुद्धको खेलमा केएल राहुलले आईपिएलमा आफ्नो २ हजार रन पुरा गरेका थिए । उनले सचिनलाई पछि पादैँ आईपिएलमा सबै भन्दा कम खेल खेल्दैँ २ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन ।

५. केएल राहुल युएईमा अहिलेसम्म भएको टि-२० क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन । यस अघि आयरल्याण्डका विलियम पोर्टरफिल्डले युएईमा भएको अमेरीका विरुद्धको टि २० खेलमा १२७ रन बनाएका थिए ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १४:३२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...