back
CTIZAN AD

अझै भारी वर्षाको सम्भावना

वि.सं.२०७७ असोज ११ आइतवार

663 

shares

काठमाडाैं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । “आज बेलुकाबाट यी प्रणाली पूर्णरुपमा हटेर जाने छ”, मौसमविद् श्रेष्ठले भने ।

यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ । हाल प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार १४:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...