११ असोज, काठमाडौं । आजको बजारमा सुनको भाउमा गिरावट आएको छ ।
शुक्रबार ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउमा तिब्र उतार चढाव, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
वि.सं.२०७७ असोज ११ आइतवार १४:०९ मा प्रकाशित





























