back
CTIZAN AD

पिसिआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन

वि.सं.२०७७ असोज ११ आइतवार

702 

shares

११ असोज, काठमाडौँ । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भए पनि सम्बन्धित व्यक्तिलाई दिन प्रयोगशालालाई निर्देशन दिइएको बताए ।

यसअघि प्रयोगशालाले रिर्पोट नेगेटिभ आएको खण्डमा सम्बन्धित व्यक्तिलाई र पोजेटिभ आएमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई दिँदै आएका थिए । यसरी महाशाखालाई प्रयोगशालाले जानकारी गराएको आधारमा महाशाखाले पोजेटिभ देखिएका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिने गर्दथ्यो । नेपालमा नौ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा ७३ हजार ३९४ जना सङ्क्रमित भएका छन् ।

“पहिलो पोजेटिभ आएका सङ्क्रमितलाई स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका थियौँ । अहिले आएर होम आइसोलेसनमा पनि राख्न सकिने व्यवस्था गरेका छौँ,” उनले भने, “धेरै सङ्क्रमित घरमै बसिरहेका छन् । त्यसैले अब घरमा आइसोलेसनमा बस्ने सबैलाई प्रयोगशालाले आफै जानकारी गराउने छन् ।” मन्त्रालयले पोजेटिभ रिर्पोट आएकालाई उपचारका लागि महाशाखालाई जानकारी गराउन भनेको थियो । यस्तै काठमाडौँ, मोरङ, चितवन र सुर्खेतमा सङ्क्रमणको दर उच्च देखिएको छ । ती स्थानमा ६० वर्ष उमेर पुगेका, दीर्घरोगीलाई घरबाट ननिस्कन मन्त्रालयका प्रवक्ता डा. गौतमले आग्रह गरे ।

वि.सं.२०७७ असोज ११ आइतवार १८:५० मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...