back
CTIZAN AD

राजिस्थानले बनायो नयाँ किर्तिमान, मयंकको सतक बाबजुद पंजाब ४ विकेटले पराजित

वि.सं.२०७७ असोज १२ सोमवार

732 

shares

असोज १२, काठमाडौँ । आईपिएलको नवौँ खेलमा राजिस्थानले पंजाबलाई ४ विकेटले पराजित गदौँ नयाँ किर्तिमान रचेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो । किंग्स इलेवन पंजाबका ओपनर मयंक अग्रवालले ५० बलमा १०६ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी कप्तान केएल राहुलले पनि ५४ बलमा ६९ रन बनाएर आउट भएका थिए । राजिस्थानका लागि बलिङ्गमा राजपुत र करणले १\१ विकेट लिन सफल भए ।

पंजाबले दिएको २२४ रनको विशाल लक्ष्य राजिस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । राजिस्थानका लागि ब्याटिङ्गमा कप्तान स्टीवन स्मिथले २७ बलमा ५० रन बनाएका थिए भने अर्का ब्याट्सम्यान संजु श्यामशन ४२ बल खेल्दैँ ८२ रन बनाएर आउट भएका थिए ।

खेलको अन्तिम समयमा राहुल तेवाटियाले ३१ बलमा ५३ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई ४ विकेटले जित दिलाए । राहुल तेवाटियाले पंजाबका बलर शेल्डन कोटरलको १ ओभरमा ५ छक्का प्रहार गरेका थिए ।

आईपिएलको इतिहासमा यो सबै भन्दा सफल रन चोस हो । यस अघि २००८ मा राजिस्थानले डेकन हैदरावाद विरुद्ध २१६ रनको सफल रन चेस गरेको थियो ।

जितसँगै राजिस्थान २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिका शिर्ष स्थानमा पुगेको छ भने पंजाब ३ खेलबाट २ अकं जोड्देँ तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ असोज १२ सोमवार ०९:३८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...