back
CTIZAN AD

स्पेनमा १५ वर्षीया नेपाली किशोरीको मृत्यु

वि.सं.२०७७ असोज १२ सोमवार

753 

shares

१२ असोज, स्पेन । स्पेनमा १५ वर्षीया एक नेपाली किशोरीको मृत्यु भएको छ ।

स्पेनमा बाबुआमासँगै रहेकी भरतपुर महानगरपालिका ८ चितवनकी भविष्यता न्यौपानको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो ।
गत जुलाईदेखि ढाड दुख्ने, मुख र घाँटीमा केही विमिरा आएको तथा कुम पनि दुख्ने समस्या देखिएपछि फेमली डाक्टरलाई देखिाएकी उनको डाक्टरले औषधि खान आग्रह गरेका थिए । तर, समस्या झन् बल्झदै गएपछि अस्पताल पुगेकी उनलाई ब्लड क्यान्सको आशंकामा आलिकान्तेस्थित अस्पतालमा आइसीयुमा राखेर उपचार गराइएको थियो ।

४२ दिनसम्म अस्पतालको आइसीयुमा राखेर उपचार गरिएकी न्यौपानेको असोज ८ गते (२४ सेप्टेम्बर) का दिन अस्पतालमै मृत्यु भएको हो ।

स्पेनमा सामाजिक रुपमा परिचित भरतराज न्यौपानेकी छोरी थिइन् भविष्यता । दुईवर्ष अघिमात्र परिवारलाई स्पेन लगेका भरतराज छोरी गुमाउनुको पीडाले भावबिह्वल भएका छन् ।

भविष्यताको आज स्पेनको आलिकान्तेमा अन्तिम संस्कार गरिदैछ । नेपाल स्पेन समाज कोष्टाब्लान्काले अन्त्ेष्टिका लागि कागजी प्रक्रिया मिलाएको बताइएको छ । शव व्यवस्थापन तथा परिवारको सहयोगार्थ स्पेनका विभिन्न सहरमा रकम संकलन भइरहेको पनि स्पेनबाट पत्रकार बसन्त रानाभाटले जनाएका छन् ।

समाजका अध्यक्ष अकल बोहोराका अनुसार कोस्टा ब्लाङकामा मात्रै झण्डै ६ हजार युरो संकलन भएको र एनआरएनए स्पेनले पनि मूल सहयोग समिति गठन गरेर सहयोगका लागि सबैलाई आव्हान गरेको छ ।

अन्तिम संस्कार र श्रदान्जलीका लागि
मिति : सोमबार २८ सेप्टेम्बर २०२०
समय : १:०० देखि २:३० सम्म
स्थान – Tanatorio Crematorio
Marina Baixa
Ctra. Nacional 332 km 142,3,
03570 Villajoyosa, Alicante

See Less

वि.सं.२०७७ असोज १२ सोमवार ०९:४६ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...