back
CTIZAN AD

कुलबिर थापामगरको शालिक निर्माणार्थ मदत समुह युकेले दियो १००१ पाउण्ड

वि.सं.२०७७ असोज १२ सोमवार

786 

shares

१२ असोज, युके । गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माणार्थ मदत समुह युकेले १००१ पाउण्ड सहयोग गरेको छ ।

फानब्रोस्थित रशमोर बर्रों काउन्सेल अफिसको प्रांगढमा सेप्टेम्बर २६ का दिन आयोजित चेक हस्तान्तरण कार्यक्रममा मदत समुह युकेको तर्फबाट रशमोरबासी सिनियर सिटीजनहरूको सक्रिय सस्थाका रुपमा परिचति मदत समुहले उक्त १००१ पाउण्ड रकमको चेक हस्तान्तरण गरेको हो ।

मदत समुह युकेकोतर्फबाट यस प्रोजेक्टको निम्ती आर्थिक संकलन सयोजक तथा समुहका एरिया सयोजक के.रि.बिर ब थापा गाहा मगरको नेतृत्वमा सदस्यहरू बद्रिमान गुरुङ, श्रीमती धनकुमारी गुरुङ, निम बहादुर गुरुङको सहभागीतामा समुहबाट रकम चेक जिआरएनसि (ग्रेटर रशमोर नेपाली कम्युनिटी) का अध्यक्ष राम धन राईका साथै जि.एम.पी.प्रोजेक्ट प्रमुखसंयोजक मेजर खिम गौचन र संयूक्त रुपमा प्रोजेक्टका जि.आर.एन.सी.पूर्व अध्यक्ष हाल सल्लाहाकार तथा प्रोजेक्टका प्रवक्ता ओम थापा काउचा, कोषअध्यक्ष टोप पल्ली, समुहका अध्यक्ष के.रि.टाम ढेगा, सदस्य के.रि.बिर थापाको जि.एम.पी.टिम लाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धन राईले मदत समुहका सक्रिय अभियन्तालाई धन्यवाद व्यक्त गरेका थिए भने प्रोजेक्टका प्रमुख सयोजक मेजर रि खिम गौचनले प्रोजेक्टले आजसम्म गरेका गतिबिधिबार जानकारी दिँदै सबैबाट सहयोग तथा सल्लाह सुझावको अपेक्षा गरिएको बताएका थिए ।

मदत समुह युकेका तर्फबाट आर्थिक संकलन सयोजक तथा समुहका एरिया सयोजक के.रि.बिर ब थापा गाहा मगरले यस ऐतिहासिक प्रोजेक्ट्मा सहंभागी हुने अवसर दिएकोमा मदत समुह युके तथा उक्त स्थानका गोर्खा सिनीयर सिटीजनको सक्रिय समुह भएकोले प्रमुख दायित्व सम्झी यस प्रोजेक्टलाई सहयोग गर्नु पाउदा गर्वको महसुस भएको बताएका थिए ।

‘यस प्रोजेक्ट बेलायतबासी सबैको साझा प्रोजेक्ट भएको र त्यसमा पनि यो हाम्रो समुह पूर्वगोर्खा परिवारको संस्था भएरै हाम्रो प्रमुख दायित्व सम्झेका छौ,’ गाहा मगरले भने, ‘प्रथम बिश्व युद्धदेखी आजसम्म बिश्वमा बिश्व शान्तीका निम्ती विरगति प्राप्त ती बिरगोर्खालाई सम्मान स्वरुप रकम समावेस गर्ने अवसर दिनु भएकोमा यस प्रोजेक्ट टिमका प्रमुख संयोजक साथै सम्पूर्ण टिमलाई धन्यबाद तथा प्रोजेक्ट सफलताका साथ समयमै पूरा होस् भन्ने कामना गर्दछु ।’

रकम हस्तान्तरण कार्यक्रममा बिद्यमान कोरोना भाइरस संक्रमणमा अपनाइनुपर्ने बेलायत सरकारको नीति नियमलाई मध्येनजर गर्दै सामाजिक दूरी कायम गरिएको थियो ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बिशेष पहलमा बेलायतको एक सामुहिक ऐतिहासिक प्रोजेक्टका रुपमा अघि बढिरहेको प्रथम गोर्खा भि सि बिजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माण कार्यमा यसरी ऐक्यबद्धता जनाउदै नेपाली समुदाय तथा संघसंस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको पनि प्रोजेक्ट प्रवक्ता ओम थापा काउचाले बताए ।

 

वि.सं.२०७७ असोज १२ सोमवार १०:४४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...