back
CTIZAN AD

सार्वजनिक सवारिसाधनमा कोरोना जोखिम न्युनिकरणका लागि अभियान

वि.सं.२०७७ असोज १२ सोमवार

630 

shares

काठमाडौं – सार्वजनिक सवारी साधनमा कोरोना जोखिम न्युनिकरणका लागि विभिन्न संघसँस्थाहरुको संयुक्त पहलमा अभियानको शुरुवात भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय प्रगतिशिल श्रमिक संगठन र विभिन्न ७ वटा यातायात संगठनहरुको संयुक्त आयोजनामा अभियानको शुरुवात गरिएको हो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष कुमार चालीसेको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको अभियानले काठमाडौं उपत्यका भित्र सञ्चालन हुने विभिन्न सार्वजनिक यातायातका सवारी साधनलाई कोरोना संक्रमण मुक्त बनाउनका लागि आवश्यक काम गर्नेछ । सबै सवारी साधनलाई त सम्भव हुने कुरा भएन तर हामीले सरकारले तोकेको मापदण्डलाई कार्यान्वन गर्नको लागि निश्चित सार्वजनिक सवारी साधनलाई संक्रमण मुक्त बनाउने काम गर्नेछौं, कार्यक्रमका अध्यक्ष तथा नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनका अध्यक्ष राजेन्द्र शर्माले बताए ।

संगठनका अध्यक्ष शर्माका अनुसार अभियानले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई सुरक्षित यात्रा गर्नको लागि सहयोग गर्नेछ । संक्रमणको अवधिभर अभियान जारी रहने अध्यक्ष शर्माको भनाई छ ।

अभियानको शुभारम्भ कार्यक्रममा विशेष अतिथि शर्मा सहित सार्वजनिक यातायात महासंघका वरिष्ठ उपाध्यक्ष किरण रिजाल र अतिथिको रुपमा सार्वजनिक यातायात महासंघका महासचिव भरत नेपाल र ट्राफिक ईन्सपेक्टर नविन कुमार अधिकारी लगाएतले मन्त्यव्य राखेका थिए ।

वि.सं.२०७७ असोज १२ सोमवार १९:४० मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...