back
CTIZAN AD

केहि मिनेटमै कोरोना नतिजा देखाउने किट मात्रै ५ डलरमा

वि.सं.२०७७ असोज १३ मंगलवार

678 

shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गर्ने किटलाई स्वीकृत दिएको छ । स्वास्थ्य संगठनका साझेदार संस्थाहरुले तयार गरेको किटलाई उसले स्वीकृत दिएको हो ।

जनाइएअनुसार उक्त किट जम्मा ५ डलरमा उपलब्ध हुनेछ । जुन नेपाली मुल्य करिब ५८५ रुपैयाँ मात्रै पर्न आउँछ ।

स्वास्थ्य संगठनले आगामी ६ महिनाभित्र १२ करोड परीक्षण किट तयार गरिसक्ने बताएको छ । विश्वका निम्न र मध्य स्तरका आर्थिक हैसियत भएका १३३ मुलुकलाई यो किट उपलब्ध गराइने स्वास्थ्य संगठनको भनाई छ ।

जनाइएअनुसार स्वास्थ्य संगठनले तयार गरेको किटले १५ देखि ३० मिनेटभित्रै नतिजा दिनेछ ।

विभिन्न कम्पनीले तयार गरेका परीक्षण किटहरुप्रति विश्वास नभईरहेका बेला स्वास्थ्य संगठनले तयार गरेको किटले कोरोना नियन्त्रणमा थप सहयोग पुग्ने आशा गरिएको छ । जनाइएअनुसार स्वास्थ्य संगठनले तयार गरेको किट प्रशिक्षित स्वास्थ्यकर्मीको उपस्थीति बिना नै सामान्य मानिसले समेत परीक्षण गर्न सक्नेछन् । एजेन्सीबाट

वि.सं.२०७७ असोज १३ मंगलवार १२:३१ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...