back
CTIZAN AD

पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गदैँ

वि.सं.२०७७ असोज १३ मंगलवार

888 

shares

असोज १३ । पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कडरियाका अनुसार महानगरले तयार पारेको वेबसाइट https://apms.pokharakrishi.com मा राखिएको अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् । कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ छ । कोरोना भाइरसको महामारीका बेला कार्यालयमा भीडभाड गर्नुभन्दा अनलाइनबाट काम गर्दा छरितो हुने विश्वास गरिएको छ ।

कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नं र वर्गीकरण सहितको कार्ड प्राप्त गर्नेछन् । उक्त कार्यविधिमा केही परिवर्तन भएकाले विगतमा कार्ड लिएका कृषकले पनि पुनः फर्म भर्न उनको आग्रह छ ।

महानगरप्रमुख मानबहादुर जिसीले स्मार्ट महानगरको अवधारणासहित अघि बढेको जनाउँदै प्रविधिको प्रयोग गरेर कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न अनलाइन प्रविधिमा जोड दिएको बताए । कृषि क्षेत्रको समग्र विकासका लागि स्रोत साधनको न्यायोचित र प्रभावकारी व्यवस्थापन गरी वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम गर्न यो प्रणाली महत्वपूर्ण रहने उनको विश्वास छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १२:२७ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...