back
CTIZAN AD

ट्रम्पले ट्याक्स छल्न एनसेलबाट सिके कि, एनसेलले ट्रम्पबाट ?

वि.सं.२०७७ असोज १३ मंगलवार

675 

shares

ट्रम्प अर्गनाईजेसनका कम्पनीहरूलाई लगातार लामो समय घाटामा देखाईएको छ। जसले गर्दा ट्रम्प कयौँ बर्षसम्म कर तिर्नबाट जोगिरहे । ट्रम्पले आफ्नो ब्यवसायको आय व्यय, नाफा नोक्सान र ट्याक्स फाईलिङ अभिलेख लेखा परीक्षण भईरहेको कारण देखाई पारदर्शी गर्न अस्वीकार गरिरहेका छन् । 

न्यूयोर्क टाईम्सले राष्ट्रपति ट्रम्पले २०१६ को चुनाव बर्ष र निर्वाचित भई व्हाईट हाउस आएको एक बर्षपछि सात सय पचास डलर कर तिरेको बमसेल न्यूज हालै प्रकाशित गरेको छ । न्यूयोर्क टाईम्सले दुई दशकको ट्रम्पको ट्याक्स फाईलको कागजात प्राप्त गरेको छ । ट्रम्पले विगत पन्ध्र बर्षमा दश बर्ष त कर नै नतिरेको समाचार प्रकाशित गरेको छ । समाचार अनुसार, ट्रम्प अर्गनाईजेसनका कम्पनीहरूलाई लगातार लामो समय घाटामा देखाईएको छ। जसले गर्दा ट्रम्प कयौँ बर्षसम्म कर तिर्नबाट जोगिरहे । ट्रम्पले आफ्नो ब्यवसायको आय व्यय, नाफा नोक्सान र ट्याक्स फाईलिङ अभिलेख लेखा परीक्षण भईरहेको कारण देखाई पारदर्शी गर्न अस्वीकार गरिरहेका छन् । कानूनले लेखा परीक्षण भई रहँदा पनि पारदर्शी गर्न बाधा पुर्याएको छैन । ट्रम्प बाहेक अमेरिकाको इतिहासमा प्रायः सबै राष्ट्रपतिका उम्मेद्वार र राष्ट्रपतिले ट्याक्स फाईलिङ गरेको अभिलेख अमेरिकी जनताका लागि खुला गरेका थिए तर ट्रम्पले खुला नगर्न अदालतकोसम्म सहारा लिन पुगेका थिए ।

ट्रम्पले आफ्नो गल्फ र होटेल ब्यवसायमा धेरै ठूलो नोक्सानी बेहोरेका देखाएका छन्। जसका कारण ट्रम्पले आन्तरिक राजस्व बिभाग आईआरएससगँ झन्डै १०० मिलियन डलर ट्याक्स रिफण्ड माग गरेका छन् ।

न्यूयोर्क टाईम्सको यो ताजा खवर राष्ट्रपति उम्मेद्वारहरुको पहिलो बहस शुरु हुनुपूर्ब आएको छ जसले ट्रम्पलाई रक्षात्मक स्थितिमा पुर्याएको छ । उक्त खवर अनुसार, ट्रम्पले सन् २०१६ र २०१७ मा सीर्फ ७५० डलर कर तिरेका थिए । उनले पन्ध्र बर्षको ट्याक्स फाईल पन्ध्र पटक भर्दा दश पटक त शून्य कर तिरेको देखिन्छ किनकी उनले फाईल गर्दा जति कमाए त्यो भन्दा बढी खर्च गरेको देखाईएको छ । राष्ट्रपति बन्न अघि ट्रम्पको पहिचान एक सर्वाधिक धनी व्यक्ति र रियल्टर ब्यवसायका लागि बादशाह मोगुलको रूपमा परिचित थिए र उनी हरेक सभा र सम्बादमा आफूलाई त्यस्तै दर्ज गराउँथे । तर आफ्नो उद्धम, ब्यवसाय, ब्यापार र कम्पनी घाटामा गै ठूलो आर्थिक भार भोग्नु परेको देखाई ट्याक्स शून्य वा धेरै कम तिरेका छन् ।

ट्रम्पले आफ्नो गल्फ र होटेल ब्यवसायमा धेरै ठूलो नोक्सानी बेहोरेका देखाएका छन्। जसका कारण ट्रम्पले आन्तरिक राजस्व बिभाग आईआरएससगँ झन्डै १०० मिलियन डलर ट्याक्स रिफण्ड माग गरेका छन् । ट्रम्पले आफ्नो कपाल मिलाएको ७० हजार डलर ट्याक्स डिडग्सन् देखाएका छन् । उनले आफ्नी सहोदर छोरी इभांकालाई कन्सल्टिङ बापत २६ मिलियन डलर दिएको देखाएर ट्याक्स डिडग्सन् गराएको देखिन्छ । मोगुल ब्यापारका बादशाह सर्वाधिक धनी ट्रम्पले शून्य देखि ७५० डलर तिर्दा मैले झन्डै १५ हजार डलर सरकारलाई कर तिरेछु र औसत अमेरिकिनहरूले त्यो समयमा १२२०० डलर तिरेका रहेछन् । सन् २०१६ मा ट्रम्पले स्ट्रोमी ड्यानियललाई एक लाख तीस हजार डलर तिरेका थिए भने संघीय सरकारलाई करको रूपमा ७५० डलर । अब्राहम लिंकनले सन १८६४ मा १२८० डलर तिरेका रहेछन् ट्रम्पले सन २०१६ मा ७५० डलर ।

वि.सं.२०७७ असोज १३ मंगलवार ११:१५ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...