back
CTIZAN AD

मन्त्रिमण्डल पुनर्गठनबारे ओली–प्रचण्ड आज पनि छलफलमा, के होला त सहमती ?

वि.सं.२०७७ असोज १३ मंगलवार

702 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुटेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्न दुई अध्यक्षहरु मध्यान्ह १२ बजेदेखि बालुवाटारमा छलफलमा जुटेका हुन् ।

दुई अध्यक्षहरु केहि दिनदेखि मन्त्रिपरिषद पुनर्गठन गर्न निरन्तर छलफलमा छ । गत बिहिबार, शुक्रबार, आइतबार र सोमबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । तर दुई अध्यक्षबीच सहमती जुट्न सकेको छैन् ।

गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयानुसार गत साता आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्न नीतिगत निर्णय गरेको थियो ।

सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्न तयार गरेको खाकाको आधारमा दुई अध्यक्षहरु छलफलमा जुटेका हुन् । तर दुई अध्यक्षबीच क–कसलाई राख्ने र क–कसलाई हटाउने भन्नेमा नै सहमती नभएको बुझिएको छ । साथै नयाँ बन्ने मन्त्रिहरुको विषयमा भाँगवण्डामा सहमती हुन नसकेको बताइएको छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १३:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...