back
CTIZAN AD

बेलायतले इराकबाट लुटेको चार हजार वर्ष पुरानो मूर्ति फिर्ता गदैँ

वि.सं.२०७७ असोज १३ मंगलवार

759 

shares

असोज १३ । बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति) लाई फिर्ता गर्न तयार भएको हो ।

गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले बिक्रीको लागि कलाको प्रस्ताव गरेपछि केही प्रमाणसहित उक्त कला इराकबाट लुटिएको दावी गरिएको थियो । यसै आधारमा विशेषज्ञ लन्डन प्रहरी इकाईले संग्रहालयका विज्ञलाई बोलाई अनुसन्धान सुरु गरेका थिए ।

अनलाइनमा यसलाई ‘वेस्टर्न एशियाटिक अक्काडियन ट्याब्लेट’ भनेर वर्णन गरेको भएपनि विज्ञहरूले चुन ढुङ्गाको उक्त कला पुरानो सुमेरियाली मन्दिरको भएको र ईसापूर्व २४०० तिर बनाइएको बताएका छन् ।

सङ्ग्रहालयका अनुसार उक्त शिल्पकला १९औं शताब्दीको अन्त्य र २० औं शताब्दीको उत्तरार्धमा मन्दिरबाट लुटिएको थियो र पछि यो खाडी युद्धको पुन चोरी भएको र सन् २००३ को इराक युद्धको क्रममा पनि लुटिएको थियो ।

सङ्ग्रहालयले भनेको छ, “अनुसन्धानले यो महत्वपूर्ण शिल्पकलालाई इराकबाट गैरकानुनी रूपमा बेलायत ल्याइपु¥याएको बेलायती अधिकारीले पत्ता लगाएका छन् । छिट्टै फिर्ता हुन्छ ।”

यस्ता मुर्तिहरू निकै विरलै पाइने प्राचिन कला हुन् र विश्वमा यस प्रकारका करिब ५० मूर्तिहरू अस्थित्वमा रहेको पत्ता लागेको बेलायती अधिकारीले बताएका छन् ।

वि.सं.२०७७ असोज १३ मंगलवार १३:११ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...