back
CTIZAN AD

लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्धारा लिखित ‘कम्युनिष्ट स्कुल’ बजारमा

वि.सं.२०७७ असोज १३ मंगलवार

1.1K 

shares

१३ असोज, काठमाडौं । लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्धारा लिखित पुस्तक ‘कम्युनिष्ट स्कुल’ बजारमा आएको छ ।

माक्र्सवादी पाठ्यक्रममा आधारित रहेको उक्त पुस्तकमा माक्र्सवादी दर्शनका आधारभूत अन्तर्वस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे मिहिन व्याख्या गरिएको छ ।

समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा समेत पुस्तकले जोड दिएको छ ।

नेपालका विद्यमान कम्युनिष्ट पार्टीको विवेचना गर्दै पुस्तकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता र विजयको अभियानका कारण वस्तुगत ऐतिहासिकताको जगमा उभिएको, नेत्रविक्रम चन्द समूह सारसङ्ग्रहवादी भएको, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) अकर्मण्य देखिएको, सिपी मैनाली नेतृत्वको नेकपा (माले) ले अस्तित्व धान्न प्रयासरत रहेको र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीले गुणात्मक प्रगति गर्न नसकेको टिप्पणी समेत गरिएको छ ।

‘जनमतका दृष्टिले शक्तिशाली तर कम्युनिष्ट विचार र आचारका दृष्टिले स्खलितावस्थामा रहेका कम्युनिष्टलाई माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास र विज्ञान एवं प्रविधिको ज्ञानले सुसज्जित गर्न र सिद्धान्तअनुरुप क्रान्तिकारी व्यवहारका लागि उत्प्रेरित गर्नुपर्ने कम्युनिष्ट पार्टी र यसका नेताहरु दैनन्दिन प्राविधिक झमेलामा अल्झिएका छन्’, लेखकले भनेका छन् ‘कम्युनिष्ट राजनीतिमा आकर्षित र क्रियाशील युवा पुस्ता माक्र्सवादको आधारभूत ज्ञानसँग पनि परिचित नहुने बिडम्वनापूर्ण परिस्थिति हाम्रो राजनीतिमा विद्यमान छ । वैज्ञानिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रुपान्तरण गरेर मात्र माक्र्सवादी ध्येय प्राप्त गर्न सकिन्छ, त्यस्तो व्यवहार सामाजिक व्यवहार हो, जुन व्यवहार हाम्रो चिन्तन र कार्यशैलीका रुपमा अभिव्यक्त हुन्छ । त्यही व्यवहारले मात्र जनतालाई कम्युनिष्ट समाजको प्रारम्भिक चरणबाट उन्नत चरणसम्म लैजाने कार्यभार पूरा गर्दछ ।’

कूल ३८० पृष्ठ र पाँच खण्डको सो पुस्तकमा दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास तथा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् । ‘इण्डिगइन्क’ को प्रकाशन सो पुस्तकमा नेकपाका अध्यक्ष दाहालको प्रतिक्रिया र नेकपाका नेता डिलाराम आचार्यको भूमिका छ ।

लोकपाटी मिडियाका अध्यक्ष लेखक तिमिल्सिना तत्कालीन प्रधानमन्त्री दाहालका प्रेस संयोजक पनि रहेका छन् । नेकपा निकट बुद्धिजीवी सङ्गठनमा पनि आबद्ध रहेका उनको यसअघि ‘जनताको जनवादका आधारहरु’ (संयुक्त) पुस्तक प्रकाशन भएको थियो ।

 

वि.सं.२०७७ असोज १३ मंगलवार १४:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...