back
CTIZAN AD

मानसपटलबाट हट्न नसकेको एउटा स्मृति

वि.सं.२०७७ असोज १३ मंगलवार

948 

shares

एकाबिहानै एउटा खबर सनसनीपूर्ण तरिकाले सामाजिक सञ्जालमा फैलिरहेको थियो पुर्ण प्रभात थापाको मृत्य !!!

मलाइ बिश्वास नै लागिरहेको थिएन कि यो कसरि हुन सक्छ ! तर जब मैले फोन मार्फत कुराको वास्तबिकता बुझन खोजे त्यो कुरा साँचो रहेछ । विश्वासै नलागे पनि, हो पुर्ण प्रभात साँच्चै तपाईको मृत्यु भएको मैले स्वीकार्न बाध्य हुनुपर्यो ।

तपाईको मृत्युको खबरले मेरो मानसपटलमा अनेक कुरा खेल्न थाले । तपाई जस्तो एक कर्मठ निडर, हक्की स्वभाव भएको एक प्रतिभाशाली युवालाई हामिले यति छिटै कसरी बिदा गर्न सक्छौ मैले तपाइलाई भावपूर्ण श्राद्धान्जलि भनेर भन्न सकुला तर तपाँइले थालनी गर्नुभएका अधुरा कामहरु पूरा गर्न सक्छौ कि सक्दैनौं तर वाचा गर्छु ती कामहरुलाई अवश्य पूरा गर्नेछु ।

कैलाली जिल्लाको खैरिफाटामा २०४१ सालमा जन्मिएर २०५७ सालमा उच्च शिक्षा अध्यनका लागि काठमाडौंतिर लागेका थिए थापा । बहुप्रतिभाशाली उनी छोटो समयमा सबैको मन मष्तिस्कमा बस्न सफल पनि भएका थिए । त्रिभुबन बिश्वबिद्यालयबाट ग्रामिण बिकासमा र राजनीतिशात्रमा स्नातोकोत्तर गर्नूभएका थापाले काठमाण्डौ बिश्वबिद्यालयबाट डेभलपमेन्ट स्टडीज मा एम फिल गर्नू भएका थियो । हाल त्रिभुवन बिश्वविद्यालयबाट बिद्यावारिधि गरिरहनुभएका उहाँ सरल र हक्की स्वाभावका हुनुहुन्थ्यो । समसामयिक बिषय, राजनीतिशास्त्र, स्वास्थ्य क्षेत्र र अन्र्तराष्ट्रिय सम्बन्धमा उहाँको विशेष रुचि थियो ।

जीएनएन, कोइकालगायतका गैरसरकारी क्षेत्रमा काम गरिसक्नु भएका थापाले अर्थमन्त्रालय अन्र्तगत स्थानियतहको बजेट निर्माण तथा योजना निर्माणमा सहयोग गर्न कन्सल्टेन्ट भएर करिब छ महिना काम गर्नू भएको थियो । हाल वल्र्ड भिजन इन्टरनेशनलमा कार्यरत थापाले कोइका नेपालमा काम गर्दा बहुचर्चित स्वास्थ्य बिमा योजनालाई नेपाल सरकारसंगको सहकार्यमा २०७३ चैत्र २५ बाट सुरु गर्न पहल गर्नुभएको थियो । यसकार्यलाइ निरन्तरता दिदै नेपाल सरकारले हाल देशभरका ७७ ओटै जिल्लामा स्वास्थ्य बिमाको सुरुवात समेत गरिसकेको छ ।

स्वास्थ्यमा आम नागरिकको पहुँच हुनुपर्छ भन्ने धारणा राख्ने थापा कोइकाको हिमाल प्रोजेक्टमा काम गर्दा टिकापुर अस्पतालको स्तरोन्नतीका लागि नेपाल सरकारसँगको सहकार्यमा काम गर्नू भएको थियो । स्वास्थ्य बिमा लागु गराउन हरदम प्रयास गर्नु भएका थापाले स्वास्थ्य बिमाको कार्यान्वयन र बिदेशमा यसको अभ्यास कस्तो रहेको छ भनि इयु र दक्षिण कोरियाको भ्रमण समेत गर्नु भएको थियो ।
सम्वृद्ध नेपाल निर्माणको लागि सबैभन्दा पहिले शिक्षा स्वास्थ्यमा सुधार आवश्यक रहेको धारणा राख्ने थापाले ‘बूढयौलि उमेरमा छोराछोरीले गर्ने ब्यवहार’ शिर्षकमा एमफिलमा सोधपत्र तयार पार्नु भएको थियो ।

बिकास र समाज रुपान्तरणमा रुचि राख्ने थापा एक होनहार बिकासप्रेमि युवा हुनुहुन्थ्यो, जुन उहाँले गर्नुभएका कार्यले प्रष्ट हुन्छ । आफनो बौद्धिकता र क्षमताले जो कोहिलाई प्रभावित गर्न सक्ने क्षमता भएका थापालाई परिवार, समाज र उनलाई चिनेजानेका सबैले औधि माया गर्ने गर्थे । देश समाज र राष्ट्रको समबृद्धिले नै ब्यक्तिको बिकास हुन्छ भन्ने धारणा राख्ने थापा यति छिटै ब्रह्मलिन हून्छन भन्ने कसैले कल्पनासम्म गरेको थिएन । तर, अफसोच नसोचेको हुन पुग्यो । यस कुराले हामि थापा परिवारलाई मात्रै नभएर आज देशलाई नै ठूलो चोट पुगेको महसुस मैले गरेको छु ।

उच्च शिक्षा अध्ययनको लागि बिदेशिने प्रवृति बढिरहेको वर्तमान परिपेक्ष्यमा नेपालमै बसेर नेपालकै बिश्वबिधालयबाटै बिधावारिधि गर्ने सोच बनाई अध्ययनमा लाग्नु भएका थापाले बिधावारिधि अध्ययन गर्न थाल्नु भएको पनि एक बर्ष बितिसकेको थियो ।

वि.सं.२०७७ असोज १३ मंगलवार १५:०३ मा प्रकाशित

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...

 सक्कली माननीय

 सक्कली माननीय

“माननीय” शब्द संस्कृत मूलबाट आएको हो। “मान” अर्थात् सम्मान, आदर,...

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...