back
CTIZAN AD

अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारीको सम्पत्ति छानविन गरौं : अध्यक्ष शर्मा

वि.सं.२०७७ असोज १३ मंगलवार

1.3K 

shares

काठमाडाैं – नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनका अध्यक्ष राजेन्द्र शर्माले अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारीसहित आफुहरुको सम्पत्ति समेत छानविनको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले पार्टि नेतृत्व समक्ष उक्त कुराको माग गरेका हुन् ।

पुर्व नेकपा (माओवादी) निकटको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्र्तसंघर्षका कारण विभाजित भएपछि शर्माको नेतृत्वमा अहिले छुट्टै संगठन अस्तित्वको रुपमा अगाडि बढेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यवाहक अध्यक्ष जगत सिंखडाको नाममा असोज १२ गते जारी भएको विज्ञप्तिमा तत्कालिन उपाध्यक्षमा रहेको अवस्थामा राजेन्द्र शर्मालाई आर्थिक हिनामिना गरेको कारण निस्कासन गरेको भनि उल्लेख गरेको विषयमा शर्माले संगठनको गम्भिर ध्यानआकर्षण भएको जनाएका छन् ।

‘०६२/०६३ को जनआन्दोलनको सफलतासँगै एकैसाथ रु २५ को तुने चप्पल लगाएर राजधानी घुसेका जगत सिंखडा सहित अधिकांश नेता कार्यकर्ता जिउँदै छौं । बरु आज जगत सिंखडाको भव्य जिवनशैली, ओज, सान र विविध क्षेत्रमा भएको करोडौं लगानिले उनि वास्तवमा कुन वर्गको प्रतिनिधि हुन भन्ने आँफैमा स्पष्ट हुन्छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जगत सिंखडासँग मजदुर वर्गमा रहिरहने न्युनतम निष्ठा, नैतिकता र मुल्यहरु केहि बाँकी छन भने रत्नपार्कमा वा खुल्ला मञ्चमा हजारौं लाखौं मजदुरहरुका विचमा बहस गरी हामीमाथि थोपरिएका कथित आरोपहरु प्रमाणित गर्न र आफ्नो सान्दर्भिकता पुष्टि गर्न चुनौति पेश गर्दछौं ।’

नयाँ मजदुर संगठनको निर्माण गरेका शर्माले मजदुर आन्दोलनलाई निरन्तरता दिन आफुहरुले दिन आफुहरुले पार्टि भित्रै रहेर गतिविधि सञ्चालन गरेको र एकता प्रक्रियामा पार्टि नेतृत्व र जिफन्ट नेतृत्वले गम्भिर रुपमा लिनुपर्ने बताएका छन् ।

वि.सं.२०७७ असोज १३ मंगलवार १९:१८ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...