back
CTIZAN AD

सजाय तोकिएका दश फरार प्रतिवादी पक्राउ

वि.सं.२०७७ असोज १४ बुधवार

699 

shares

बाग्लुङ – प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि उनीहरुलाई हिजै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागुऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् ।

यस्तै सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नं ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय दुई जना पक्राउ परेका हुन् ।

चोरी मुद्दामा पक्राउ परेका प्रतिवादी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विसं २०६७ भदौ १३ गते दुई महिना सात दिन कैद फैसला गरेको थियो । सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विसं २०६६ असार ३१ गते चार महिना १७ दिनको कैद सुनाएको थियो । यस्तै ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विसं २०७६ पुस २२ गते रु दुई हजार जरिवानासहित जम्मा पाँच दिन कैद फैसला गरेको थियो । अन्य प्रतिवादी भने न्यूनतम रु ८०० देखि बढीमा सात हजार ५७५ सम्म जरिवानाको सजाय पाएका छन् ।

अदालतले कैद÷जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उनको भनाइ छ ।

“अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौँ”, प्रनाउ रेग्मीले भने। पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेको उनले बताए ।

वि.सं.२०७७ असोज १४ बुधवार ०८:०८ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...