back
CTIZAN AD

ब्रोइलरका चल्लालाई मेहेन्दी लगाएर लोकल हो भन्दै बेच्दै व्यापारी

वि.सं.२०७७ असोज १४ बुधवार

654 

shares

१४ असोज, काठमाडौँ । अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् । यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी हजारौँ चल्ला नष्ट पनि गरेको थियो । त्यसको निगरानीमा नेपाली कुखुरा व्यवसायी आफैँ खटिँदै आएका पनि छन् ।

ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घटना फेला परेको छ । त्यस्तै नौलो घटना मंगलबार काठमाडौँमा भएको छ । चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु १५० सम्ममा विक्री गर्ने गरेको खुलेको छ ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान शुरु गरिएको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ । प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ । (रासस)

वि.सं.२०७७ असोज १४ बुधवार ०९:०७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...