back
CTIZAN AD

तेस्रो खेलमा दिल्ली हैदरावादसँग १५ रनले पराजित

वि.सं.२०७७ असोज १४ बुधवार

666 

shares

असोज १४, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स आईपिएलको आफ्नो तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनल पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । हैदरावादका लागि कप्तान डेविड वार्नरले ४२, ओपनर जोनी बेयरस्टोले ५३ र केन विलियमसनले ४१ रन बनाएका थिए । दिल्लीका लागि बलिङ्गमा कागिसो रबाडा र अमित मिश्राले २\२ विकेट लिएका थिए ।

१६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रन बनाएका थिए । हैदरावादका लागि बलिङ्गमा रासिद खानले सार्वधिक ३ विकेट लिएका थिए ।

जितसँगै हैदरावादले यस आईपिएलमा पहिलो जित निकालेको छ भने दिल्ली पहिलो पटक पराजित भएको छ ।

वि.सं.२०७७ असोज १४ बुधवार ०९:२५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...