back
CTIZAN AD

असाेज २२ सम्म बिजुलीकाे बिल तिरे थप दस्तुर नलाग्ने

वि.सं.२०७७ असोज १४ बुधवार

795 

shares

काठमाडाैं । भदौ महिनाको बिजुलीको महशुल असोज २२ सम्म नतिरे थप दस्तुर लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको बिजुलीको बिल असोज २२ सम्म तिरे थप दस्तुर नलाग्ने व्यवस्था गरेको हाे ।

प्राधिकरणले भदौ महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन र निषेधाज्ञा भएकाले विद्युतको मिटररिडिङ तथा विलिङ समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।

उपभोक्ताकाे सुविधा तथा हितलाई ध्यानमा राखी भदौ महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी असोज २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।

कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने भएको छ ।

यस्ताे छ प्राधिकरणकाे सूचना

२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा Covid-19 को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ । २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिंग एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको website www.nea.org.np मा हेर्नु हुन समेत अनुरोध छ ।

वि.सं.२०७७ असोज १४ बुधवार १४:०३ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...