back
CTIZAN AD

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा एक जना पक्राउ

वि.सं.२०७७ असोज १४ बुधवार

858 

shares

१४ असोज, काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस ५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका ३ स्थित सडकबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्कीहरु दिई फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक पटक गरी जम्मा गरेपछि अपहरित व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितलाई राहदानी कब्जामा गरी नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको तथा दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका ३ कान्ती बाल अस्पताल नजिक सडकमा बा १४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ ।

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । ।

वि.सं.२०७७ असोज १४ बुधवार १७:४० मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...