back
CTIZAN AD

विमानस्थलको भूमिस्थ सेवा सञ्चालन गर्न नेवानीले नै पाउनुपर्छ : भीम रावल

वि.सं.२०७७ असोज १४ बुधवार

882 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा नेपाल वायु सेवा निगमले नै पाउनुपर्ने बताएका छन् । विमानस्थलको भूमिस्थ सेवा निजि क्षेत्रका एयरलाईन्सलाई दिने सन्दर्भ उठेपछि उनले यसो भनेका हुन् ।

रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा नेपाल वायुसेवा निगमले नै सञ्चालन गर्न पाउनु पर्छ ।’


उनले सरकारी स्वामित्वको निगमलाई थप सुधार र व्यवस्थित गराउँदै भूमिस्थ सेवा पनि निगमलाई नै दिन माग गरेका छन् । ‘सेवा सरकारी स्वामित्वमा रहेको निगमबाट प्रभावकारीरूपमा सञ्चालन गर्न व्यवस्थापनमा थप सुधार र साधन, उपकरण आवश्यक भए त्यो गरियोस्, यस्तो सेवामा एकरूपता र स्तरोन्नति आवश्यक छ’, उनले भनेका छन् ।

सरकारले हालै राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई नै असर पर्ने गरी निजि क्षेत्रको हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) दिने निर्णय गरेको थियो । जसको निकै विरोध भएसँगै सरकार पछाडि हटेको छ । तर पुनः निर्णय सदर हुनसक्ने भन्दै आशंकाहरु जन्मिएका छन् ।

वि.सं.२०७७ असोज १४ बुधवार १७:५६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...