back
CTIZAN AD

यस्तो छ नेपालमा असोज १४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १४ बुधवार

735 

shares

१४ असोज, काठमाण्डौं । नेपालमा बुधबार (१४ असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख २१ हजार ५०३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,२०५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २०,८९१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,०८७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,८०७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २०१ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा १६, बागमती प्रदेशमा ११०, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा ४१, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिममा १ जना गरी जम्मा २०१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ५ जना, बागमती प्रदेशमा २३ र प्रदेश ५ मा २ जना गरी जम्मा ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, सिराहा, काठमाडौ,ं भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ४ रहेका छन् । जसमा मनाङ, मुस्ताङ, मुगु र डोल्पा रहेका छन् ।

त्यस्तै आज थपिएका १५५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । साथै आज १०५७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ९०२ सहित देशैभर थपिए १५५९ जना कोरोना संक्रमित
नेपालमा आज काठमाडौं उपत्यकाका ९०२ जनासहित देशैभरी १५५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७ ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र संखुवासभामा १\१ जना, भापामा १९, मोरङमा ९८ र सुनसरीमा ३८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १७, बारामा १०, महोत्तरीमा ११, सप्तरीमा ७, सर्लाहीमा २ र सिराहामा २ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९७, काभ्रेपलान्चोकमा ९, चितवनमा ६२, दोलखामा ३, धादिङमा ८, नुुवाकोटमा ३, भक्तपुरमा ९३, मकवानपुरमा ३८, रामेछापमा २, ललितपुरमा ११२, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १५, तनहुँमा ५, नवलपरासीपुर्वमा ४५, पर्वत र म्याग्दीमा १\१, लमजुङ र बाग्लुङमा २÷२ जना र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ५, नवलपरासीमा १, पाल्पामा ६, प्युठानमा ३, बर्दियामा १०, बाँकेमा २७, रुपन्देहीमा ७० र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा २, दैलेखमा ५, सल्यानमा १, सुर्खेतमा ४१, र हुम्लामा २ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कैलालीमा २३, डडेल्धुरामा २, डोटीमा ८ र बझाङमा १जना संक्रमित थपिएसँगै आज देशैभरी १५५९ जना संक्रमित थपिएका छन् ।

जसमा महिला ५८२ र पुरुष ९७७ जना रहेका छन् । आज थपिएका १५५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आज १०५७ जना निको भएसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ५६,४२८ पुग्यो
नेपालमा आज १०५७ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १०५७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १०५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५,०९४, प्रदेश २ मा १३,७३९, बागमती प्रदेशमा १५,७०७, गण्डकी प्रदेशमा ३,३४८, प्रदेश नं ५ मा ८७५९, कर्णाली प्रदेशमा २,९१५, र सुदूरपश्चिम प्रदेशमा ६,८६८ जना गरी हालसम्म जम्मा ५६ हजार ४२८ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बागमती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश नं ५ मा ११९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा १६८८ जना गरी हालसम्म जम्मा ५,४२८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बागमती प्रदेशमा ७,०६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश नं ५ मा ८७७, , कर्णाली प्रदेशमा ३३५, र सुदूरपश्चिम प्रदेशमा ३५९ जना गरी हालसम्म जम्मा १०,०८७ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १५०७, प्रदेश २ मा ५७७, बागमती प्रदेशमा ६५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश नं ५ मा १२६५, कर्णाली प्रदेशमा २६५ र सुदूरपश्चिम प्रदेशमा१४८ जना गरी १०,८०४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा १ महिला र ५ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीका ६० वर्षीय, मोरङका ६० वर्षीय, सप्तरीका ३९ वर्षीय, काठमाडौंका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै काठमाडौंकी ३४ र ८६ वर्षीया २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  आज थपिएका ७ जनासँगै नेपालमा  हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा असोज १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १४ बुधवार १८:०० मा प्रकाशित

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...