back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १३ मंगलवार

783 

shares

१३ असोज, काठमाण्डौं । नेपालमा मंगलबार ( १३ असोज) सम्म पिसीआर प्रविधिबाट १० लाख ९ लाख २५८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,८९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २०,३९६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,६८१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,७०७ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २१३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६, प्रदेश २ मा १८, बागमती प्रदेशमा ११०, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४४ र कर्णाली प्रदेशमा १७ जना गरी जम्मा २१३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ५ जना, बागमती प्रदेशमा २६, प्रदेश ५ मा २ र सुदुरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ,ं भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा मनाङ, मुस्ताङ मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १५१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्य ७६ हजार २५८ पुगेको छ । साथै आज ७३१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ९३४ सहित १५१३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ९३४ जनासहित देशैभरी १५१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् ।

आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९, तेह्रथुममा २, भोजपुरमा १, मोरङमा १०१ र सुनसरीमा ३२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिराहामा ८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ७४७, काभ्रेपलान्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासीपुर्वमा १५ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

आज कर्णाली प्रदेशको रुकुमपश्चिमा १ जना मात्रै थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा २७, डडल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जना संक्रमित थपिएसँगै आज देशैभरी १५१३ जना संक्रमित थपिएका छन् । जसमा महिला ५५६ र पुरुष ९५७ जना रहेका छन् । आज थपिएका १५१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

आज ७३१ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५५ हजार नाघ्यो
नेपालमा मंगगलबार ७३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७३१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५०७०, प्रदेश २ मा १३,५६३, बागमती प्रदेशमा १५३११, गण्डकी प्रदेशमा ३२९३, प्रदेश नं ५ मा ८५७१, कर्णाली प्रदेशमा २८६६ र सुदूरपश्चिम प्रदेशमा ६६९८ जना गरी हालसम्म जम्मा ५५ हजार ३७१ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ६४१, प्रदेश २ मा २२२, बागमती प्रदेशमा ५४९, गण्डकी प्रदेशमा ६४१ प्रदेश नं ५ मा १३१३, कर्णाली प्रदेशमा ६७४ र सुदूरपश्चिम प्रदेशमा १७३८ जना गरी हालसम्म जम्मा ५,७७८ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ३५७, प्रदेश २ मा ६९८, बागमती प्रदेशमा ६,५३२ गण्डकी प्रदेशमा ४४६, प्रदेश नं ५ मा ८१४, कर्णाली प्रदेशमा ३५३ र सुदूरपश्चिम प्रदेशमा ४८९ जना गरी हालसम्म जम्मा ९६८९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १३७१, प्रदेश २ मा ६२२, बागमती प्रदेशमा ६४४७, गण्डकी प्रदेशमा ४८९, प्रदेश नं ५ मा १३९०, कर्णाली प्रदेशमा २४२ र सुदूरपश्चिम प्रदेशमा १४६ जना गरी १०,७०७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज बाँकेका ३ जनासहित १० को मृत्यु, मृतकको संख्या ४९१ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट बाँकेका ३ सहित १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ७ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सर्लाहीकी ७२ वर्षीया, काठमाडौंकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया गरी ३ महिलाको मृत्यु भएको हो ।

त्यसैगरी मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ र ३९ वर्षीय गरी ७ जना पुरुषको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६४ प्रतिशत हो ।

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

 

वि.सं.२०७७ असोज १३ मंगलवार १७:५३ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...