back
CTIZAN AD

अमेरिकामा रूकुम– क्यालिफोर्निया जनसम्पर्क समिति गठन

वि.सं.२०७७ असोज १३ मंगलवार

1.6K 

shares

२९ सेप्टेम्बर । रुकुम जिल्लाबाट क्यालीफोर्निया बसोबास गर्दै आएका नेपाली कांग्रेससंग आस्था राख्नेहरूको भेलाले रूकुम– क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाको गठन गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनंजय नरसिंह केसीको प्रमुख आतिथ्यता र नेपालि जनसम्पर्क समिति नर्दन क्यालिफाेर्निया अमेरिकाका सचिब  हरी भट्टकाे बिशेष उपस्थितिमा सम्पन्न भेलाले विनोद पुन मगरको सभापतित्वमा रूकुम(क्यालिफोर्निया जनसम्पर्क समिति अमेरिकाको गठन गरेको हो । उक्त समितिको उपसभापतिमा केशव कुसारी र कमल प्रसाद केसी, महासचिवमा रामकृष्ण कुसारी, सचिवमा उमेश खड्का, दिपेश कुमार जैसी, कोषाध्यक्षमा गोपाल खनाल र सहकोषाध्यक्षमा जयलाल खडका रहेका छन् ।

त्यस्तै सदस्यमा दिपक खनाल, दिपाराम खनाल, कपिलदेव कुसारी, टिकाराम पुनमगर, प्रेम कुसारी, दिपक दाहाल, टार्जन कुसारी, सुदीप कुसारी, विजय गीरी, देवीलाल कुसारी, कैलाश के सी, भिमसेन ओली, अनिल के सी, चन्द्र डांगी, प्रदीप केसि र पूर्ण बहादुर केसी छन् ।

भेलाले नरबहादुर कुसारी र धनबहादुर केसीलाई सल्लाहकारमा सर्वसम्मत चुनेको छ ।

प्रमुख अतिथि केसीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन् ‘यस नवगठित रूकुम– क्यालिफोर्निया जनसम्पर्क समितिले नेपाली कांग्रेसमा आस्था राख्ने प्रवासमा रहेको जनसम्पर्क समितिको संगठन विस्तार, नेपाली समुदाय विचमा एक आपसमा सहयोग र सदभाब, भातृत्व प्रेमको विकास गरि नेपाली कॉंग्रेस रूकुम पार्टी तथा नेपाली जन–सम्पर्क समिति अमेरिका संग समन्वय गरि संगठन विस्तार एवं सुदृष्टिकरणको विषयमा उल्लेखनीय भुमिका निभाउनेछ भन्नेकुरामा मेरो दुईमत छैन। ’

वि.सं.२०७७ असोज १३ मंगलवार १७:३९ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...