back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १२ सोमवार

702 

shares

१२ असोज, काठमाडौं । नेपालमा सोमबार ( १२ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ९८ हजार ४०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,०८० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १९ हजार ६२४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६९५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,९२९ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १५, प्रदेश २ मा २०, बागमती प्रदेशमा १२१, गण्डकी प्रदेशमा ६ र प्रदेश नं ५ मा ४४ र कर्णाली प्रदेशमा १९ जना गरी जम्मा २२५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा २६ र प्रदेश ५ मा २ जना गरी जम्मा जना भेन्टिलेटरमा ३१ उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा मनाङ, मुस्ताङ मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १३५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । साथै आज ७४२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

आज ४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८१७ सहित १३५१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८१७ जनासहित देशैभरी १३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा २, तेह्रथुममा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ४९, संखुवासभामा १, र सुनसरीम २०. जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २२, पर्सामा ७, बारामा ३, महोत्तरीमा २५, रौतहटमा १, सप्तरीमा १०, सर्लाहीमा ६ र सिराहामा ५५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६४९, काभ्रेपलान्चोकमा १०, चितवनमा १७, दोलखामा १, धादिङमा ११, नुवाकोटमा ३, भक्तपुरमा ३६, मकवानपुरमा ४०,ललितपुरमा १३२, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा ४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोरखामा ३, तनहुँमा १७, नवलपरासीपुर्वमा २०, पर्वतमा , लमजुङमा ७, बाग्लुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ५, दाङमा २, नवलपरासीमा ५, प्युठानमा १, बर्दियामा २, बाँकेमा १६ र रुपन्देहीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट, दैलेख र सल्यानमा २\२ जना र सुर्खेतमा २९, जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १३, कैलालीमा ५०, बझाङमा १४ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १३५१ जना संक्रमित थपिएका छन् । जसमा महिला ४३६ र पुरुष ९१५ जना रहेका छन् ।

आज थपिएका १३५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

आज ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या निको हुनेको संख्या ५४,६४० पुग्यो
नेपालमा ७४२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ७४२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ७४२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ५०२६, प्रदेश २ मा १३१७६, बागमती प्रदेशमा १५२१५, गण्डकी प्रदेशमा ३२८५, प्रदेश नं ५ मा ८४६७, कर्णाली प्रदेशमा २८५५ र सुदूरपश्चिम प्रदेशमा ६६१६ जना गरी हालसम्म जम्मा ५४ हजार ६४० जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७१२, प्रदेश २ मा २३६, बागमती प्रदेशमा ५३१, गण्डकी प्रदेशमा ६४१, प्रदेश नं ५ मा १४११, कर्णाली प्रदेशमा ६७६ र सुदूरपश्चिम प्रदेशमा २१०३ जना गरी हालसम्म जम्मा ६३१० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १९०, प्रदेश २ मा ९२६, बागमती प्रदेशमा ५,७०२, गण्डकी प्रदेशमा ४१९, प्रदेश नं ५ मा ५७२, कर्णाली प्रदेशमा ३६२ र सुदूरपश्चिम प्रदेशमा ५२४ जना गरी हालसम्म जम्मा ८,६९५ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १४३४, प्रदेश २ मा ७२५, बागमती प्रदेशमा ६,३४९ गण्डकी प्रदेशमा ४८९, प्रदेश नं ५ मा १५४१, कर्णाली प्रदेशमा २४२ र सुदूरपश्चिम प्रदेशमा १४९ जना गरी १०,९२९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो
कोरोना संक्रमणबाट नेपालमा आज ४ जनाको मृत्यु भएको छ । अघिल्ला दिनको तुलनामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जिल्लाका ४ जनाको मृत्यु भएको छ । जसमा २ महिला र २ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीकी ३८ वर्षीया र भक्तपुरकाी ५१ वर्षीया २ महिला र बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय २ पुरुष गरेर जम्मा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज १२ सोमवार १७:४३ मा प्रकाशित

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...