back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ११ आइतवार

840 

shares

११ असोज, काठमाण्डौं । नेपालमा आइतबार ( ११ असोज) सम्म पिसीआर प्रविधिबाट ९ लाख ८८ हजार ३२७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,१२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १९,०१९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८३२१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,६९८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १४, प्रदेश २ मा २१, बागमती प्रदेशमा १२२ गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४४ र कर्णाली प्रदेशमा १८, जना गरी जम्मा ३३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा २६ र प्रदेश ५ मा ४ जना गरी जम्मा ३३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ५ पुगेका छन् । जसमा मनाङ, मुस्ताङ मुगु, डोल्पा र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १५७३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । साथै आज ८८५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८०९ जनासहित देशैभरी १५७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३३ ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा ३, भोजपुरमा १, मोरङमा १५२ र सुनसरीमा ३ जना गरी १५९ संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १, पर्सामा १७, बारामा २०, महोत्तरीमा ३, रौतहटमा १६, सप्तरीमा ८ तथा सर्लाही र सिराहामा १\१ जना गरी ६७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६३३, चितवनमा ८३, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७२, मकवानपुर, रसुवा र रामेछापमा १\१ जना, ललितपुरमा १०४ र सिन्धुपाल्चोकमा ३ जना गरी ९०२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा ४, नवलपरासीपुर्वमा ८, लमजुङमा २०, बाग्लुङमा ३२, र स्याङजामा ३ जना गरी ९६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ३०, नवलपरासीमा १, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३३, रुपन्देहीमा ४७ र रोल्पामा ५ जना गरी जम्मा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, सल्यानमा १२ र सुर्खेतमा ७६ गरी ९२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १३, कैलालीमा ५६, डोटीमा १, बझाङमा २४ र बैतडीमा १ गरी जम्मा ९७ जना संक्रमित थपिएसँगै आज देशैभरी १५७६ जना संक्रमित थपिएका छन् । जसमा महिला ५२४ र पुरुष १०४९ जना रहेका छन् ।

आज थपिएका १०४९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

कोरोना संक्रमणबाट आज ८८५ जना निको भएसँगै निको हुनेको संख्या ५३,८९८ पुग्यो
नेपालमा आज ८८५ जना कोरोना संक्रमणबाट मुक्त, भएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८८५ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४८६४, प्रदेश २ मा १३,०४७, बागमती प्रदेशमा १५,२०३, गण्डकी प्रदेशमा ३०९३, प्रदेश नं ५ मा ८३७१, कर्णाली प्रदेशमा २४४०, र सुदूरपश्चिम प्रदेशमा ६७८० जना गरी हालसम्म जम्मा ५३ हजार ८९८ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ६६७, प्रदेश २ मा २६०, बागमती प्रदेशमा ५३८, गण्डकी प्रदेशमा ३०९, प्रदेश नं ५ मा १४३३, कर्णाली प्रदेशमा ६८४ र सुदूरपश्चिम प्रदेशमा २१९० जना गरी हालसम्म जम्मा ६२८१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा २३३ प्रदेश २ मा ९७७, बागमती प्रदेशमा ५०५९, गण्डकी प्रदेशमा ६६९, प्रदेश नं ५ मा ४६०, कर्णाली प्रदेशमा ३५७ र सुदूरपश्चिम प्रदेशमा ५७६ जना गरी हालसम्म जम्मा ६,२८१ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १४८२, प्रदेश २ मा ६७४, बागमती प्रदेशमा ६०९५, गण्डकी प्रदेशमा ३७३, प्रदेश नं ५ मा १४९४, कर्णाली प्रदेशमा २२५, र सुदूरपश्चिम प्रदेशमा १५५ जना गरी १०, ६९८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो
११ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय, काठमाडौंका ६१ र ६२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय तथा अछामका ३४ वर्षीय गरी ९ जना पुरुष र काठमाडौंकी ५० वर्षीया १ महिला गरी जम्मा १० जनाको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।  मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६५ प्रतिशत हो ।

हेर्नुहोस् यस्तो छ नेपालमा असोज १० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ११ आइतवार १७:४६ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...