back
CTIZAN AD

क्यान्सर देखी कोरोनासम्म सँगै लडेको मेरो अनुभव

वि.सं.२०७७ असोज ११ आइतवार

993 

shares

मैले कोभिड चाहेको होइन र यसबाट बच्न राम्रै रोकथामको उपाए अपनाएको पनी थिएँ तर समाजनै कोभिड भएपछी संधै जोगीन सकीन्न भन्ने मलाई थाहा थियो ।  सुरुका दिनबाटै मैले कोभिडसँग भाग्न होइन जीत्न र जुध्न सिक्नु पर्दछ भन्ने कुरामा विश्वास लीइरहेको थिएँ । आफै मलाई कोभिड भए पछी मैले हरेक दीन त्यहाँको चीकीत्सकहरुसंग यस बारे बढी भन्दा बड़ी कुरा जान्न खोंजे। यो मेरा लागी यस रोगसँग लड्ने र अरुलार्ई त्यहाँ जोगाउने सुचना प्राप्त गर्ने सुभ अबसर पनी थियो।

म नेपाल फर्कीएंको छु। विगत एक महीना बीच मैले भारतको अस्पतालमा रही एक्लै क्यान्सर देखी कोरोना सम्म झेंले । सुरुमा कीड्नीमा क्यान्सर देखीइ त्यो भाग निकाल्न भारतको मेदान्त अस्पतालमा भर्ना भएको थिएँ र त्यहाँ हरेक दिन “स्पा “गर्ने (नुहाउन आउने) कर्मचारीबाट हुनुपर्छ (शायद) मलार्ई कोभिड सर्यो। म कोभिड इन्फेक्सनमा पनी परें। क्यान्सरको अप्रेसन र कोभिड दुबै संग मैले साथ साथै संघर्ष गर्नु पर्यो तर तंपाइहरुको साथ र भगबानको कृपाले यो अबस्था मलार्ई मैले ब्यबस्थापन गर्न संके। मलार्ई त्यो परीस्थीती झेल्न तंपाइहरुको भाबनात्मक साथको जरुरत थीयो जुन मैले भरपुर पाए । पहाड देखी हीमाल र तराइ सम्मका पुर्ब प्रहरी साथी हरुको नियमित सरोकार र हौसलाले मलाई रोग संग लड्न आत्मा विश्वासी बनायो। यहाँहरुमा आभार ब्यक्त गर्दछु।

अप्रेसनले गरेको १० दिन पनी भएको थिएन, त्यस् अप्रेसनले मलार्ई नीक्कै कमजोड बनाएको थीयो त्यस अबस्थामा अस्पतालका कर्मचारीका कारण कोबेडको संक्रमणमा पर्नु अली दुख लाग्ने कुरो थियो तर मलार्ई त्यस अस्पतालका कर्मचारी हरु माथी कुनै गुनासो थीएन किनकी उनीहरु त्यस्तो जोखीमपुर्ण परीस्थीतीमा पनी हाम्रो सेवा गरीनै रहेका थिएँ। भगबानका दुत झै भएर आफ्नो स्वास्थ्यको पर्बाह नगरी हामीहरु मलाई स्वस्थ बनाउन समर्पीत रहिनै रहेका थिए।

कोबेड पोजेटीभ भए पछी मलाई अस्पताल बाट एउटा तारे होटलमा सारीयो जहाँ चीकीत्सकहरु अती नै सहयोगी थिए। घरमा थप पीर होला भनी जानकारी गराइन। कोभिड पोजेटीभ देखीए पनी मेरो सरीरमा ज्वरो आउने देखी कुनै लक्षण देखीएन तर ऑखाले रुख़ पात हेर्दा भने अली धमीलो देंखें। यो एक मात्र मैले फील गरेको लक्षण थीयो। बॉकी मलाई अरु कुनै लक्षण आएन। तर विदेशमा एउटा कोठामा एक्लै धेरै दीन आइसोलेसनमा बस्दा चॉही घर परीबार र तपाई सहयोगी साथी भाइको खुब याद आउदो रहेछ। यहाँहरुको यादले मैले समए कॉटें।

मैले कोभिड चाहेको होइन र यसबाट बच्न राम्रै रोकथामको उपाए अपनाएको पनी थिएँ तर समाजनै कोभिड भएपछी संधै जोगीन सकीन्न भन्ने मलाई थाहा थियो । सुरुका दिनबाटै मैले कोभिडसँग भाग्न होइन जीत्न र जुध्न सिक्नु पर्दछ भन्ने कुरामा विश्वास लीइरहेको थिएँ । आफै मलाई कोभिड भए पछी मैले हरेक दीन त्यहाँको चीकीत्सकहरुसंग यस बारे बढी भन्दा बड़ी कुरा जान्न खोंजे। यो मेरा लागी यस रोगसँग लड्ने र अरुलार्ई त्यहाँ जोगाउने सुचना प्राप्त गर्ने सुभ अबसर पनी थियो।

डाक्टरले भने “जुन दीन बाट रोगको लक्षण देखीन्छ (ऑखा धमीलो देख्नु, दीसा लाग्नु, पेट गोलमाल हुनु, ज्वरो आउनु) त्यस दिनबाट १३ दिनमा कोभिडका कीटाणु मर्दछन् तर यस १३ दीन भीत्र त्यस्ले ज्वरो बढाइ निमोनियानै नगरावोस्, खोकी बढी घॉटीमा इन्फेक्सन नगरोस्, छातीमा इन्फेक्सन नगरावोस् भन्नका लागी केही एण्टीबायोटीक लीनु पर्दछ र शरीरको भाइटल साइनहरु हेरीरहनु पर्दछ । मुख्य अक्सीजनको मात्रा जॉच गरी रहनु पर्दछ।

म होटलमा संचालीत अस्पतालमा १० दीन बसे पछी मेरो कोरोना जॉच भयो र कोरोना नेगेटीभ आयो।डाक्टर हरुले मलाई त्यसै दीन डीस्चार्ज गर्न खोजे तर मैले नेगेटीभ आए पनी १४ दीन नै त्यो होटलमा संचालीत अस्पताल बस्ने इच्छा रॉखे र डीस्चार्ज लीइन। हरेक दीन चिकित्सकहरुसंग यो रोगका बारेमा थप कुरा सिक्न प्रयास गरीनै रंहें । म यस बारे बड़ी भन्दा बढ़ी कुराहरु जान्न चाहान्थें।

उहाँहरुले भन्नुभयो -लक्षण सुरु भएको १४ दीनमा यो भाइरस आफै मर्ने छ। त्यस पछी कम्तिमा २–३ महीना यो सर्ने छैन किनकी नेगेटीभ आउनुको मतलब एन्टीबडी राम्ररी डेवलप हुनु पनी हो र त्यो एन्टीबडीले कोभिड इन्फेक्सन मलार्ईनै आफै नियन्त्रण गर्ने हैसीएत राख्दछ। फेरी इन्फेक्सन भए पनी त्यस्को शक्ती क्षीण हुन्छ।

विगत १ महीना मेरा लागी रोग ब्याध संग लड्ने हिसाबले जीबन कै चुनौतीपूर्ण समए रह्यो तर मुलुकभरीबाट तपाईं पुर्ब प्रहरी र बहालका साथी हरुले मेरो स्वास्थ प्रती देखाउनु भएको चासो चीन्ता र सरोकारले मलाई ती डरलाग्दो रोगहरु संग लड्न नीक्कै बल मील्यो। म तपाईहरु सबै प्रती मनबाटै आभार ब्यक्त गर्दछु ।

स्वास्थ सही हुनु पर्दछ अनी मात्र हामी आफ्ना र अरुका लागी असल काम गर्न सक्तछौं। साथीहरुको साथ समर्थन र भगबानको क्रीपाले मलाई राम्रो भएको छ र अब साथी हरुलार्र्ई बीश्वास दीलाउदछु की म पुनः पुर्ब प्रहरीहरुका हक हीतका लागी पहीले झै सक्रीएता पुर्बक र अझ भनौ पहीले भन्दा शसक्त ढंगले लागी पर्ने छु किनकी हामी बॉच्नु अरुका भलार्ईका लागी पनी केही अर्थ हुनु पर्दछ। पुर्ब प्रहरी संगठनको पदाधिकारी भएका कारण हाम्रा कॉधमा केही दाइत्व हरु छन् जस्लाइ हामीले पुरा गर्नु पर्ने नै छ ।

जहाँसम्म केरोनाको कुरो छ, जुन प्रकारले यो फैलीएको छ त्यसबाट हामी केबल सतर्क भएर मात्र पनी जोगीन सक्तैनौ। हामीले यदी यो भयो भने कसरी आफै अनुमान गर्ने , थाहा पाउने र त्यस पछी यस्लाइ कसरी नियन्त्रण गर्ने ? भन्ने बारेमा बढी भन्दा बढ़ी कुरा बुझ्न जरुरी रहेछ। यहाँहरु मलाई यस बारे थप कुरा जान्ने इच्छा भए मलाई फ़ोन गर्न सक्नु हुन्छ किनकी मैले यो भोंगे र ब्यबस्थापन गरें। कोरोना संग डराउनु भन्दा पनी कोरोनालाई जान्न जरुरी रहेछ । जाने पछी ब्यबस्थापन गर्न गाह्रो रहेनछ।

साथीहरु, म केही दीन होम क्वारेनटैनमै रहनेछु त्यस पछी फेरी ख़ास उध्यस्यको साथमा मेरो जीबन तपाईहरुको उद्देश्य प्राप्तिका लागी तपाईहरु संगै सक्रीए हुनेछ। हामीलाई अगाडी बड्नु छ जसरी अन्टार्टीकामा जाड़ों याममा बरफका पहाडहरु फुटाउदै अरु जाहाजका लागी बाँटो बनाउने जहाज़ गन्तब्यमा पुग्ने गर्दछ, जसरी आकासमा उड्ने हबाइजाहाजले अगाडी आएका काला बादल र बर्षा हरुलाई सामना गर्दै गन्तब्यमा पुगेरै देखाउछन्। जसरी समुद्रमा हीड्ने जहाज़हरु ऑधी हुरी र चट्टानहरु सामना गर्दै अन्तमा गन्तब्यमा पुगी छाड्दछन्। हामीलार्ई पनी ख़ास लक्षमा पुग्नु छ र हज्जारौ संख्यांका तल्ला प्रहरीका हरुका हीतमा केही यादगार कामहरु गर्नुछ।

हामी जस्लाई भगबान भन्छौ तीनका जीबनमा पनी अनेकौ बाधाहरु आएको देखीयो। कुनै भगवान देखीएन जस्का असल काममा बाधा हाल्ने राक्षसहरु नभएको काल होस् तर पनी उनीहरुले तीनलाइ परास्त गरेरै छाडे। हामी साथ साथ हाम्रा र राम्रा लक्षहरु पुरा गर्न संगसंगै काम गर्नेछौ ।

यहाँहरुको स्वास्थ कुशल मंगल रहोस् । आ– आफ्नो स्वास्थ दुरुस्त राख्न विशेष ध्यान दीनु होला किनकी यहाँहरुको  स्वस्थ जीबन हाम्रा उद्देश्य प्राप्तिका लागी ज्यादै मुल्यबान छन्। म गम्भिर रोगहरुबाट जुधीरहेको अबस्थामा मलाई स्वास्थ लाभको कामना गर्नु हुने र साथ दीनु हुने संपुर्ण शुभचिन्तक साथी हरुमा पुन मुरीमुरी आभार तथा धन्यबाद चढाउदछु।

कुँवर नेपाल पुर्व प्रहरी संगठनका अध्यक्ष तथा नार्कोनन नेपालका निर्देशक हुन् ।

वि.सं.२०७७ असोज ११ आइतवार १७:४१ मा प्रकाशित

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...