back
CTIZAN AD

मसालका महामन्त्रीको लेख चोरिएपछि…

वि.सं.२०७७ असोज ११ आइतवार

2.7K 

shares

काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको लेख जस्ताको तस्तै चोरि गरि प्रकाशित गरिएको भेटिएको छ । मोहनविक्रम सिंहले वि.सं. २०४२ सालमा लेखेको ‘जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोण’ शीर्षकको लेख हुबहु प्रकाशित गरिएको भेटिएको हो ।

सिंहले ‘चार दशक’ नामक पुस्तकमा उक्त लेख राखेका थिए । जुन लेख हुबहु गौरिलाल कार्कीको नामबाट ‘अधिभूतवादी या यान्त्रिक कार्यशैलीविरुद्व संघर्ष गरौं’ शीर्षकमा विभिन्न अनलाईनमा प्रकाशित भएको भेटिएको छ ।

‘जनवादी केन्द्रीयतासम्बन्धी अधिभूतवादी दृष्टिकोण’ शीर्षकमा भएको लेख ‘चार दशक’ नामको पुस्तकको पेज नम्बर ३८९ देखि ४०३ सम्म छ । गौरिलाल कार्कीले उक्त किताबको पेज नम्बर ३८९ देखि ३९५ सम्म हुबहु प्रकाशित गरेका छन् ।

लेख चोरे के कारबाही ?

लेख चोरी गरेमा प्रतिलिपि ऐनअनुसार कारबाही भोग्नुपर्ने र क्षतिपूर्ति ब्यहोर्नुपर्ने हुन्छ । प्रतिलिपि ऐन २०५९ अनुसार उक्त कार्य गर्नु गैरकानूनी हो । उक्त कार्य गरेवापत १ लाख रुपैयाँसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।

को हुन् लेख चोर्ने कार्की ?

सिंहको लेख आफ्नो बनाएर विभिन्न अनलाईनमा प्रकाशित गर्ने कार्की नेकपा (मसाल)अन्तर्गतकै राष्ट्रिय जनमोर्चाका पूर्व बाँके अध्यक्ष हुन् । गत २०७६ को चैत २ मा उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको थियो ।

राष्ट्रिय जागरण अभियान केन्द्र नामक संगठनमा बसेर गतिविधि गरेको भेटिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो । अनिश्चितकालका लागि गरिएको उक्त कारबाहीप्रति कार्कीले असहमती जनाउँदै आएका छन् ।

काँचुली खबर नामक अनलाइनमा प्रकाशित कार्कीकाे नाममा भएकाे लेखकाे लिंक

https://kanchulikhabar.com/news/42995

पुस्तकमा भएकाे सिंहकाे लेख । पेज नम्बर ३८९

(चोरिएका सबै पेज अखिल छैटौंका अध्यक्ष बिमल पाेखरेलले फेसबुकमार्फत सार्वजनिक गरेका छन्)

वि.सं.२०७७ असोज ११ आइतवार १७:२६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...