११ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ जिल्लाका १० जनाको मृत्यु भएको छ । जसमा १ जना महिला र ९ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय, काठमाडौंका ६१ र ६२ वर्षीय, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीय तथा अछामका ३४ वर्षीय गरी ९ जना पुरुष र काठमाडौंकी ५० वर्षीया १ महिला गरी जम्मा १० जनाको मृत्यु भएको हो ।
आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६५ प्रतिशत हो । file phot0
नेपालमा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो
वि.सं.२०७७ असोज ११ आइतवार १७:२१ मा प्रकाशित





























