१० असोज, काठमाण्डौं । नेपालमा शनिबार ( १० असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ७८ हजार २०४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,०१९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८,३४१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,८३३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,५०८ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२४ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १५, प्रदेश २ मा २०, बागमती प्रदेशमा १२१, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४४ र कर्णाली प्रदेशमा १८ जना गरी जम्मा २२४ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २३ र प्रदेश ५ मा ३ जना गरी जम्मा २७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा रसुवा, मनाङ, मुस्ताङ मुगु, डोल्पा र हुम्ला रहेका छन् ।
त्यस्तै आज थपिएका १२०७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । साथै आज ११४७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ७२४ सहित १२०७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७२४ जनासहित देशैभरी १२०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, झापामा ७, भोजपुरमा २, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ५८३, काभ्रेपलान्चोकमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरम ७८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा १५ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासीपुर्वमा १, लमजुङमा १ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नवलपरासीमा १०, पाल्पामा ३, प्युठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सल्यानमा १ र सुदूरपश्चिम प्रदेशको अछाममा १३, कन्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बझाङमा २ र बैतडीमा १ जना संक्रमित थपिएसँगै आज देशैभरी १२०७ जना संक्रमित थपिएका छन् । जसमा महिला ४११ र पुरुष ७९६ जना रहेका छन् ।
आज थपिएका १२०७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
आज ११४७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५३ हजार नाघ्यो
नेपालमा आज ११४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ११४७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ११४७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४७९३, प्रदेश २ मा १३,०११, बागमती प्रदेशमा १४५८१, गण्डकी प्रदेशमा ३,०९३, प्रदेश नं ५ मा ८२३६, कर्णाली प्रदेशमा २,८४० र सुदूरपश्चिम प्रदेशमा ६,४५९ जना गरी हालसम्म जम्मा ५३ हजार १३ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ६४४, प्रदेश २ मा २५६, बागमती प्रदेशमा ५६९, गण्डकी प्रदेशमा५०९, प्रदेश नं ५ मा १४४७, कर्णाली प्रदेशमा ६४१ र सुदूरपश्चिम प्रदेशमा २२६५ जना गरी हालसम्म जम्मा ६,३३१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १४७, प्रदेश २ मा ८७९, बागमती प्रदेशमा ४९९९, गण्डकी प्रदेशमा ५८६, प्रदेश नं ५ मा ५५४, कर्णाली प्रदेशमा २६६ र सुदूरपश्चिम प्रदेशमा ५०२ जना गरी हालसम्म जम्मा ७८३३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १४७९, प्रदेश २ मा ७४२, बागमती प्रदेशमा ५८८०, गण्डकी प्रदेशमा ३६०, प्रदेश नं ५ मा १६७८,कर्णाली प्रदेशमा २२४ र सुदूरपश्चिम प्रदेशमा १५४ जना गरी १०,५०८ जना रहेका छन् ।
नेपालमा आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ८ जनाको मृत्यु भएको छ । जसमा आठैजना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सप्तरीमा ६३ वर्षीय, काठमाडौंका २० वर्षीय र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय गरी ८ जनाको मृत्यु भएको हो ।
आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये ज्यान गुमाउनेको यो संख्या ०.६५ प्रतिशत हो ।
वि.सं.२०७७ असोज १० शनिवार १७:३७ मा प्रकाशित




























