back
CTIZAN AD

यस्तो छ नेपालमा असोज ९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ९ शुक्रवार

648 

shares

९ असोज, काठमाडौं । नेपालमा शुक्रबार ( ९ असोज ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ६८ हजार १८५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबा १२,२६५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८,२८९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,२३७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०,०५२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२७ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ११, प्रदेश २ मा १९, बागमती प्रदेशमा १३५, गण्डकी प्रदेशमा ६, र प्रदेश नं ५ मा ३९, र कर्णाली प्रदेशमा १७ जना गरी जम्मा २२७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३, जना, बागमती प्रदेशमा ३४ र प्रदेश ५ मा २ जना गरी जम्मा ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौं, भक्तपुर ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १३१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । साथै आज १४५५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङमा १, तेह्रथुममा १, मोरङमा ६९ र सुनसरीमा २८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीम ३९ र सिराहामा १३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५०३, काभ्रेपलान्चोकमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १६, तनहुँमा १, नवलपरासीपुर्वमा २४, लमजुँमा ५, बाग्लुङमा ८ र स्याङजामा ४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ९, नवलपरासीमा २, पाल्पामा ६, प्युठानमा १३ , बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, सल्यानमा १४ र सुर्खेतमा ९ जना थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा २५, कन्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङमा २५ जना संक्रमित थपिएसँगै आज देशैभरी १३१३ जना संक्रमित थपिएका छन् । जसमा महिला ४५३ र पुरुष ८६० जना रहेका छन् । आज थपिएका १३१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

आज चौधसय ५५ जना जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ५१,८६६ पुग्यो
नेपालमा आज १४५५ जना जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४५५ जना जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४५५ जना जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४७१७, प्रदेश २ मा १२,८८३, बागमती प्रदेशमा १३,९१६, गण्डकी प्रदेशमा ३०२४, प्रदेश नं ५ मा ८०७३, कर्णाली प्रदेशमा २८१८ र सुदूरपश्चिम प्रदेशमा ६,४४५ जना गरी हालसम्म जम्मा ५१,८६६ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७५२, प्रदेश २ मा १२७९, बागमती प्रदेशमा ५७०, गण्डकी प्रदेशमा ५०९, प्रदेश नं ५ मा १४३७, कर्णाली प्रदेशमा ६४९ र सुदूरपश्चिम प्रदेशमा २,२६९ जना गरी हालसम्म जम्मा ६,४६४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १४३, प्रदेश २ मा ११६८, बागमती प्रदेशमा ५१५०, गण्डकी प्रदेशमा ६३१, प्रदेश नं ५ मा ४२६, कर्णाली प्रदेशमा २८४ र सुदूरपश्चिम प्रदेशमा ४३२ जना गरी हालसम्म जम्मा ८२३७ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १४३८, प्रदेश २ मा ५३५, बागमती प्रदेशमा ५,५९३, गण्डकी प्रदेशमा ३६०, प्रदेश नं ५ मा १६९८, कर्णाली प्रदेशमा २२७ र सुदूरपश्चिम प्रदेशमा १९९ जना गरी १०,०५२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट नेपालमा आज थप ६ जनाको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र पुरुष ३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज मोरङकी ६० वर्षीया, काठमाडौंकी ७५ वर्षीया र कपिलवस्तुकी ७० वर्षीया गरी ३ महिला र मोरङका ४४ वर्षीय, सप्तरीका ७० वर्षीय र ललितपुरका ५१ वर्षीय ३ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५९ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६५ प्रतिशत हो ।

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ९ शुक्रवार १८:०५ मा प्रकाशित

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...