back
CTIZAN AD

अनशनरत डा. केसीको समर्थनमा सुरु भयो अर्को अनशन

वि.सं.२०७७ असोज ९ शुक्रवार

837 

shares

काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा अर्को अनशन सुरु भएको छ । तनहुँको व्यास नगरपालिका १० का सागर घिमिरे र विनोद हमालले शुक्रबारदेखि केसीको समर्थनमा अनशन सुरु गरेका हुन् ।

उनिहरुले शुक्रबार बिहान ११ बजेदेखि अनशन सुरु गरेका थिए । उनिहरुले आफ्नो अनशन १९ घण्टा अर्थात् शनिबार बिहान ६ बजेसम्म जारी रहने बताएका छन् ।

अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्न दबाब दिने उद्देश्यका साथ अनशन सुरु गरेको उनीहरुको भनाई छ । उनीहरुको अनशनप्रति दमौलीमा अन्य युवाहरुले समेत एक्यबद्धता जनाएका छन् ।

यसैबीच अनशन सुरु भएसँगै दमौलीका युवाहरु केसीको समर्थनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । जनाइएअनुसार शनिबार बिहान ९ बजेदेखि युवाहरु केसीको समर्थनमा र्याली निकाल्ने तयारीमा छन् । सामाजिक दुरी कायम गरि प्रदर्शन गरिने तयारी भएको स्थानीय युवा राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १७:५० मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

काठमाडौँ । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...