back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा असोज ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ८ बिहीवार

726 

shares

८ असोज, काठमाण्डौं । नेपालमा विहिबार ( ८ भदौ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ५५ हजार ९२३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११,४४९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८,४३७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,६१४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९,८२३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २३५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १३, प्रदेश २ मा १६, बागमती प्रदेशमा १४१, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४१ र कर्णाली प्रदेशमा १५ जना गरी जम्मा २३५ जना आइसीयुमा उपचाररत छन् । साथै प्रदेश १ मा २ जना, बागमती प्रदेशमा २६ जना गरी जम्मा २८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ७ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोलपा, मुगु र हुम्ला रहेका छन् ।

त्यस्तै आज थपिएका १४९७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । साथै आज ४५७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

आज देशैभरी १४९७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७५५ जनासहित देशैभरी १४९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा १२, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिराहामा २३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६०९, काभ्रेपलान्चोकमा १२, चितवनमा १३७, दोलखामा ३, धादिङमा ४, नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुलीमका ५ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा कास्कीमा ८, गोखरामा ९, तनहुँमा १७, नवलपरासीपुर्वमा १४, पर्वतमा ६, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ९, नवलपरासीमा १४, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा २४, बाँकेमा ५३ र रुपन्देहीमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४ र सुर्खेतमा ३ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४, दार्चुलामा १ र बैतडीमा १० जना संक्रमित थपिएसँगै आज देशैभरी १४९७ जना संक्रमित थपिएका छन् । जसमा महिला ५१३ र पुरुष ९८४ जना रहेका छन् ।

आज थपिएका १४९७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

आज ४५७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ५० हजार नाघ्यो
नेपालमा आज कोरोना संक्रमणबाट ४५७ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४५७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ४५७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको हो ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४,६००, प्रदेश २ मा १२,८०५, बागमती प्रदेशमा ३०७२, गण्डकी प्रदेशमा २९४८, प्रदेश नं ५ मा ७,८२५, कर्णाली प्रदेशमा २७९१ र सुदूरपश्चिम प्रदेशमा ६,३७० जना गरी हालसम्म जम्मा ५० हजार ४११ जना निको भएका हुन् ।

यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ८९५, प्रदेश २ मा २९७, बागमती प्रदेशमा ४५७, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा १६२१, कर्णाली प्रदेशमा ६९३ र सुदूरपश्चिम प्रदेशमा २००१ जना गरी हालसम्म जम्मा ६,५६५ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।

यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १०७, प्रदेश २ मा ९८४, बागमती प्रदेशमा ५,३०९ गण्डकी प्रदेशमा ६३०, प्रदेश नं ५ मा ८४२, कर्णाली प्रदेशमा २८१ र सुदूरपश्चिम प्रदेशमा ४६१ जना गरी हालसम्म जम्मा ८,६१४ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।

त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १४७७, प्रदेश २ मा ६४३,बागमती प्रदेशमा ५५३६, गण्डकी प्रदेशमा ३६०, प्रदेश नं ५ मा १३८६, कर्णाली प्रदेशमा २३३ र सुदूरपश्चिम प्रदेशमा १८८ जना गरी ९,८२३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट१७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२ जिल्लाका १७ जनाको मृत्यु भएको हो । जसमा ५ महिला र १२ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज मोरङकी ५५ वर्षीया, सुनसरीकी ८१ वर्षीया, भक्तपुरमा ७३ वर्षीया, काठमाडौंकी ८२ वर्षीया र धादिङ ३२ वर्षीया महिला गरी ५ जनाको मृत्यु भएको हो ।

त्यसैगरी झापाको ७६ वर्षीय, धनुषाका ६८ र ७० वर्षीय, रौतहटका ६५ वर्षीय, भक्तपुरका ८४ वर्षीय, काठमाडौंका ७५, ७९ र ८० वर्षीय ३ पुरुष, तनहुँका ३९ वर्षीय, दाङका ३९ वर्षीय, कपिलवस्तुका ५० वर्षीय र नवलपरासीका ५५ वर्षीय पुरुष गरी १२ जनाको मृत्यु भएको हो ।

आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ असोज ८ बिहीवार १८:०१ मा प्रकाशित

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...