७ असोज, काठमाण्डौं । नेपालमा बुधबार ( ७ भदौ) सम्म पिसीआर प्रविधिबाट ९ लाख ४४ हजार ४७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,४९७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,२२८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९,१८६ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २२० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १४, प्रदेश २ मा १८, बागमती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा ४१, कर्णाली प्रदेशमा १३ जना गरी जम्मा २२० जना आइसीयुमा उपचाररत छन् ।
प्रदेश १ मा ३ जना, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना गरी जम्मा ४३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ६ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु ६ पुगेका छन् । जसमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
त्यसैगरी आज थपिएका ११७२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६७ हजार ४०७ पुगेको छ । साथै आज १८९३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ६३७ सहित ११७२ जनामा कोरोना संक्रमण
। नेपालमा आज काठमाडौं उपत्यकाका ६३७ जनासहित देशैभरी ११७२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, तेह्रथुम र ताप्लेजुङमा १\१ जना, झापामा ९, पाँचथर २, मोरङमा ४४, संखुवासभा १ र सुनसरीमा ३७ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ३, बारामा ४, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा २१ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा काठमाडौंमा ४९२, काभ्रेपलान्चोकमा १०, चितवनमा १, धादिङमा १४, नुवाकोटमा २, भक्तपुरमा ९५, मकवानपुरमा १६ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २२, गोरखामा ५, तनहुँमा ६, नवलपरासीपुर्वमा १०, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ५, बाग्लुङमा २ र स्याङजामा ५ जनामा जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ६, गुल्मीमा २८, दाङमा २, नवलपरासीमा ५, पाल्पामा १३, प्युठानमा ५, बर्दियामा १९, बाँकेमा ३० र रुपन्देहीमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा ४९ जना र सुदूरपश्चिम प्रदेशको अछाममा २२, कन्चनपुर ३, कैलालीमा १४, डोटीमा १७, दार्चुलामा २, बझाङमा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ११७२ जना संक्रमित थपिएका छन् । जसमा महिला ४२६ र पुरुष ७४६ जना रहेका छन् । आज थपिएका ११७२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
आज कोरोना संक्रमणबाट १८९३ जना निको भए, निको हुनेको संख्या ५० हजार पुग्यो
कोरोना संक्रमणबाट आज १,८९३ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १८९३ जना संक्रमणबाट निको भएका हुन् । आज निको भएका १८९३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ४,५१६, प्रदेश २ मा १२,४६०, बागमती प्रदेशमा २८१२, गण्डकी प्रदेशमा २,९४१ प्रदेश नं ५ मा ७४७५, कर्णाली प्रदेशमा २,७८२ र सुदूरपश्चिम प्रदेशमा ६३६८ जना गरी हालसम्म जम्मा ४९ हजार ९५४ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७९५, प्रदेश २ मा ३३७, बागमती प्रदेशमा ५३६, गण्डकी प्रदेशमा ५०९, प्रदेश नं ५ मा १७२४, कर्णाली प्रदेशमा ७१९ र सुदूरपश्चिम प्रदेशमा २४८४ जना गरी हालसम्म जम्मा ७१०४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा ४१, प्रदेश २ मा ८६३, बागमती प्रदेशमा ४६५०, गण्डकी प्रदेशमा ६३६, प्रदेश नं ५ मा १३५९, कर्णाली प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ३९० जना गरी हालसम्म जम्मा ८,२२८ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा १५२२, प्रदेश नं २ मा ७२५, बागमती प्रदेशमा ५,५१६, गण्डकी प्रदेशमा २८६, प्रदेश नं ५ मा ७१७, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिम प्रदेशमा १९५ जना गरी हालसम्म जम्मा९,१८६ जना होम आइसोेलेसनमा रहेका छन् ।
कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो
७ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ६ जनाको मृत्यु भएको हो । । जसमा १ जना महिला र ५ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, काठमाडौंका १६ वर्षीय, ललितपुरका ७४ वर्षीय, बर्दियाका ६४ वर्षीय र बर्दियाका ३९ वर्षीय पुरुष तथा काठमाडौंकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा असोज ६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज ७ बुधवार १८:२६ मा प्रकाशित



























