back
CTIZAN AD

हाम्रा अनुभवी पाका भनिएका नेताहरू विचरा कुहिरोको काग भएका देखिन्छन्

वि.सं.२०७७ असोज ७ बुधवार

714 

shares

सुशासन भनेको व्यक्ति हैन, संस्थाले काम गर्ने प्रणाली हो । संस्था निकम्मा ह्ँदा मात्र बेकामे परजीबी नेता, हाकिम वा व्यक्तिको हालीमुहाली ह्ँदै कु–शासन बढ्दै जान्छ । राम्रो गाडी आवाज ननिकाली गुड्छ, पुरानो थोत्रा गाडी हुन् जो होहल्ला र कर्कश आवाज निकाल्दै गुड्छन्।

हाम्रा छिमेकी चीनका राष्ट्रपति सी जिङ पिन, भारतका प्रम मोदी, भुटानका प्रम डा लोटे, बंगलादेशकी प्रम शेख हसिना र पाकिस्तानका प्रम ईमरान खान जस्ता अहिले सत्तामा रहेका सरकार प्रमूख नेताहरू आ–आफ्ना मुलुकका लागि सशक्त र क्षमतावान् देखिएका छन्। तिनले मुलुकका सर्वांगीण क्षेत्रमा सशक्त परिवर्तन गर्दै प्रभावकारी नेतृत्व गरिरहेका छन्। तिनका एजेन्डा मूलत: भ्रष्टाचार नियन्त्रण, अधिकतम रोजगारी र तिब्र आर्थिक बिकास रहेको देखिन्छ। नेताले आफ्ना मन्त्री र कर्मचारीमाथि पूर्ण नियन्त्रण र नेतृत्व दिईरहेका देखिन्छन्। दल भित्र र सरकारमा सरकार प्रमूखको दह्रो एकल नियन्त्रण र निर्विवाद नेतृत्व दिइरहेका देखिन्छन्। फलस्वरूप ती मुलुक तिब्र बिकास चरणमा छन्।

हाम्रा तीन दशक लामो अनुभवी पाका भनिएका नेताहरू त विचरा कुहिरोको काग भएका देखिन्छन्, जुन देशमा गभर्नेन्स र सरकारी संस्था चुस्त र सक्षम छन् त्यहॉ नेता, प्रम, राष्ट्रपति, मन्त्रीहरू गल्लीमा निर्धक्क हिडीरहेका, मलहरूमा डुलिरहेका भेटिन्छन्, कसैलाई मतलब ह्ँदैन ।

जुन देशमा गभर्नेन्स र राज्यका संस्थाहरू ध्वस्त छन्, त्यहॉ काम न काजका राष्ट्रपति, प्रम, नेताहरू जस्ता व्यक्तिकै मात्र चर्चा हुनेगर्छ, पदीय व्यक्तिहरू हाबी हुन्छन् ।

सुशासन भनेको व्यक्ति हैन, संस्थाले काम गर्ने प्रणाली हो । संस्था निकम्मा ह्ँदा मात्र बेकामे परजीबी नेता, हाकिम वा व्यक्तिको हालीमुहाली ह्ँदै कु–शासन बढ्दै जान्छ । राम्रो गाडी आवाज ननिकाली गुड्छ, पुरानो थोत्रा गाडी हुन् जो होहल्ला र कर्कश आवाज निकाल्दै गुड्छन्।

नेपालका सरकार संचालक प्रम, मन्त्री वा अन्य नेताहरु र उच्चपदस्थ कर्मचारीहरु केही काम गरौं भन्ने वा गर्न त चाहन्छन् तर तिनले एउटा कुरा गहन मनन गर्न सकेका छैनन्– त्यो के भने तिनीहरुसँग समय ज्यादै थोरै रहन्छ । यही थोरै भएको समयमा आफ्नो ध्यान प्राथमिक क्षेत्रमा मात्र केन्द्रित गरेर क्षमताको गहिराइमा मेडिटेटिभ भएर काम गर्नुपर्छ, कामको गति बढाएर हाइस्पीड गेयरमा गाडी हुइकाउनु पर्छ । हाइस्पीड गेयरमा गाडी हुइकाउँदा नजिक हेरिदैन, टाढाको गन्तब्यमा पुग्नका लागि टाढा सुरक्षित पारिन्छ किनभने ब्रेक लगाउन र गाडी रोक्न पर्यो भने न्यूनतम समय र निश्चित दूरी ब्रेकिङ डिस्टेन्स चाहिन्छ, ताकि बिचमा कुनै अवरोध आयो भने ठूलो दुर्घटनामा नपरियोस् । यसर्थ, काम यसरी गर्नुपर्छ कि म भोलि मर्नेछु, जति गर्नुपर्ने हो जिउदै हुंदा गरिसक्नु पर्छ । र, त्यो काम गर्नुपर्छ जो मरेर पनि जिवन्त रहन्छ । त्यो काम गर्नुहुदैन जो आफू मरेपछि मर्छ र दुत्कारिन्छ । जन्मदा सबै खुशी हुने र मरेर जादा सबै दुःखी हुने हो, कतै उल्टा नभइजाओस् भनेर सबै सचेत हुनुपर्छ।

वि.सं.२०७७ असोज ७ बुधवार १८:२५ मा प्रकाशित

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...