काठमाडौं । अमेरिकी पूर्व एयर फोर्स अधिकारीले आफ्नो सैन्य बेस क्याम्प नजिकै एलिएनसँग झडप भएको कुरा खुलासा गरेका छन् । सन् १९७८ को समय एलिएनसँग झडप भएको कुरा उक्त अधिकारीले एक किताबमार्फत खुलासा गरेका हुन् । एक पत्रकारसँगको अन्तरवार्तामा उनले उक्त घटनाबारे विस्तृत बताएका छन् ।
एलिएनसँगको झडपबारे खुलासा गर्ने व्यक्ति अमेरिकाका पूर्व वायु सेनाका मेजर जोर्ज फिलर हुन् । उनले जोन एल गुऐरा नामक पत्रकारलाई एलिएनसँगको झडपबारे अन्तरवार्ता दिएका थिए ।
उक्त अन्तरवार्ता ‘स्ट्रेज क्राफ्ट : द टु स्टोरी अफ ऐन एयर फोर्स इन्टिलिजेन्स अफिसर्स लाईफ विद यूएफओ’ नामका पुस्तकमा प्रकाशित भएको छ ।
अन्तरवार्तामा वायु सेनाका अधिकार जोर्ज फिलरले एलियनसँगको घटना धेरै पटक भएको कुरा खुलाएका छन् ।
किताबमा उल्लेख भएअनुसार सन् १९७८ को जनवरी १८ को दिन एलियनसँग झडप भएको थियो । त्यस समय एलियन अन्तरिक्षबाट आएको थियो ।
सैन्य अधिकारीका अनुसार सैन्य बेसक्याम्प नजिकै आएको एलिएनलाई प्रहरी अधिकारीले गोली हानेका थिए । एलियनलाई गोली चलाएसँगै अनौठो गरि एलियनको विमान उडेको थियो ।
गोली लागेको एलिएनलाई ओहायो स्थित राइट पैटरसन एयरफोर्स बेस क्याम्पमा लगिएको थियो । मेजर फिलरले बताएअनुसार प्रत्यक्षदर्शी उनलाई यस घटनाबारे अमेरिकी सरकारले बोल्न मनाई गरेको थियो । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ असोज ७ बुधवार १८:४१ मा प्रकाशित




























