back
CTIZAN AD

एनआरएनए सिसेल्सद्धारा मिर्गौला रोगले पीडित बजगाईँलाई आर्थिक सहयोग

वि.सं.२०७७ असोज ७ बुधवार

837 

shares

७ असोज, सिसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए सिसेल्स) ले मिर्गौला रोगले पीडित रामकृष्ण बजगाईँलाई आर्थिक सहयोग गरेको छ ।

मिर्गौला रोगले पीडित बकैंया गाउँपालिका ४ मकवानपुरका बजगाईँलाई एनआरएनए सिसेल्सले ४३ हजार ३१५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विगत ८ महिनादेखि मिर्गौलाको उपचार गराइरहेका बजगाईँको मिर्गौला प्रत्यारोपणबाहेक अन्य विकल्प नभएको चिकित्सकले सल्लाह दिएको र काठमाडौंको सुमेरु अस्पतालमा साताको दुईपटक डाइलोसिस गराईरहेका उनको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएको बताइएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन आर्थिक सहयोग गरिदिन सार्वजनिक रुपमै अपिल गरेका बजागाईँको पीडामा थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी लागेको एनआरएनए सिसेल्सका उपाध्यक्ष मनोज बिकले संसारन्युजलाई जानकारी दिएका छन् ।

बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सकिने तथा ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने बताइएको छ ।

 

वि.सं.२०७७ असोज ७ बुधवार १९:०८ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...