७ असोज, रुपन्देही । पछिल्लो दिनमा देशैभरी आएको वर्षाका कारण बाढी पहिरोको उच्च जोखिम रहेको भन्दै बुटवल उपमहानगरपालिकाले जोखिमबाट जोगिनका लागि सर्तक रहन अनुरोध गरेको छ ।
उपमहानगरले बुधबार एक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि समयसम्म वर्षा निरन्तर भैरहन सक्ने देखिएकोले बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट बच्न सधै सर्तक र सुरक्षित रहन तथा त्यसपछि देखिन सक्ने विभिन्न महामारीजन्य रोगहरुबाट बच्न सम्भावित प्रकोप व्यवस्थापनको पूर्व तयारीमा समेत जुट्न उपमहानगरवासीलाई अनुरोध गरेको छ ।
यस्तो छ उपमहागरले जारी गरेको सूचना

वि.सं.२०७७ असोज ७ बुधवार १९:२२ मा प्रकाशित



























