म कोभिड केहि होइन भन्ने पक्षमा छदै छैन र होइन । तर जुन कुरा मानवजातीको पकडमा छैन त्यसको पछि भागेर सारा मानवलाई यति दुख कष्ट यातना दिनु मानविय मुर्खता सिबाय केहि होइन ।
म self isolation मा बसेको सातौ दिन, ज्वरो, टाउको भारि, हल्का खोकी, रूघा र घाटी खसखस, कमजोडीले अझै पनि छाडेको छैन। रातीमा बढि नै च्याप्छ! सिटामोल नियमित खाएको छु । मन मष्तिष्क बलियो छ।ठ्याक्कै रूघाखोकी कै लक्ष्यणहरू मिल्छन ।
भाईरश संग लड्न सक्ने जन्मजात शक्ति हरेक मानवलाई प्रकृति वा भगवानले दिएको छ भन्ने कुरामा पूर्ण बिश्वस्त छु। Covid को बास्तबिकता भन्दा बिश्वभर WHO/CDC/सरकार/मिडियाले हरेक दिन दिने अधुरो परिबर्तित सुचनाले नै corona कसैको पडकमा छैन भन्ने प्रमाणित हुन्छ ।
दुखद कुरा बिस्तारै अब WHO/ सरकारहरू पनि मेडिकल माफियाको पकडमा जादैछन ।
जसको नियन्त्रण र उपचार छैन अर्थात सिटामोल खाएर घर मै बसेर संन्चो हुन्छ त्यो भाईरशको पछाडि बिश्व पछि पर्नु निकै आश्चर्य छ ।केहि अपबादको पछाडि भाग्नु आबश्यक लाग्दैन । मृत्यु शास्वत सत्य हो । लेखेको टर्दैन, कोरोनाले नलागे अर्को रोगले लान सक्छ ।
अस्पताल गै हाले पनि छि छि र दुर दुर गरेको आफ्नै आखाले देखेको छु,सुनेको छु । हरेक ब्यक्तिको बुझाई र ब्यबहार भर पर्छ । Ventilator Covid मात्र नभै अन्य श्वास प्रश्वासमा फोक्सो कमजोड भै अक्सिजन दिने कृतिम यन्त्र हो । यसले कोरोना निको पार्दैन । कृतिम हावा/अक्सिजन दिएर मृत्यु पर धकल्ने काम मात्र हो।
कोभिड नियन्त्रण सूर्यलाई हत्केलाले छिकेर प्रकाश छेक्नु वा हावालाई मुठ्ठिमा लिए भन्नु जस्तो हो । जुन कुरा बिश्बभर कसैले सकेन । मेरो बिचारमा नियन्त्रण र उपचार नै नभएको यो भाइरशको पछाडि भाग्नु मूर्खता मात्र हो ।
म कोभिड केहि होइन भन्ने पक्षमा छदै छैन र होइन । तर जुन कुरा मानवजातीको पकडमा छैन त्यसको पछि भागेर सारा मानवलाई यति दुख कष्ट यातना दिनु मानविय मुर्खता सिबाय केहि होइन ।
हामी सबैमा केहि सनातन वा धार्मिक अध्ययन, सोच र ब्यबहार हुनु पनि आबश्यक छ । जसले हामीलाई जिवनको यतार्थता बुझ्न, जिवन बाच्न र सत्यको नजिक पुग्न मद्दत गर्छ ।
जुन हाम्रो र संसारको हातमा छैन चिन्ता, डर किन र के का लागि ? मेरो अनुभवमा मेरो आखा अगाडि मुटु, फोक्सो, दम, सुगर, डिमेन्सिया,अल्जामर भएका ८०-९० बृद्द रोगीहरूले चिसो आइस पानी मात्र खाएर जितेका छन । कोभिड बारे सत्य, तथ्य बुझेर मनबाट डर भगाएकै राम्रो हो । फ्लू जस्तै लक्ष्यण देखिने बित्तिकै घर मै quarantine मा आफै बसौ, मास्क लगायौ, सबै सचेत र इमान्दार बनौ ! टेस्ट र डाक्टरको पछाडि नभागे कै बुद्दिमानी ।
म अमेरिका छु, मेरो स्बास्थ्य बिमा छ । सबै खर्च अफिसले ब्यहोर्छ र पनि म आज सम्म डाक्टरको मा गएको छैन । यदि टेस्ट अनिबार्य नभएको भए गर्दैनथे पनि होला । रिजल्ट पूर्ब नै म आफै self quarantine मा बसेको थिए। सिटामोल मात्र खाएर कोभिड संग लड्दैछु । रूघा ज्वरो आए तपाई के गर्नु हुन्छ बस यति बुझे हुन्छ ।
खोप भनेको कोरोना भाईरश कै antibody/Antigen/serum शरिर भित्र हाल्ने हो । काम गर्ने हाम्रो शरिरले नै हो ।Positive/negative reaction दुबै हुने चान्स ५०/५० नै हुन्छ । ठाऊ र शरिर अनुसार हरेक मानिसमा भाईरश प्रकृति/स्वरूप बदलि रहने हुनाले कति प्रभावकारी हुन्छ भन्ने कुरा हरेकको शरिरको प्रतिरक्षा शक्ति(Immune power/antigen-antibody) प्रक्रियामा निर्भर गर्छ ।
सरकारले डलर डोनेशन र मिडियाले भ्यू कमाउन टेष्ट, पोजेटिभ र लास गन्ने खेति बन्द गर्नु पर्छ ।यो आज कोभिड संग लडिरहेको बिरामी र अस्पतालमा काम गर्ने एउटा नर्सको अनुभब र बुझाई हो ।
३००-३००० जनाको जिवन सुरक्षाको लागि आज ३ करोडको जनता भोकै मार्न र बिकाश ३० बर्ष पछि धकेल्न उपर्युक्त निर्णय पक्कै होइन । अमेरिका, क्यानडा, बेलायत त हारे भने नेपालले सिउरि खोज्नु उपर्युक्त पक्कै छैन । प्रम, मन्त्री, मेयरले पाउने Isolation भत्ता, सुबिधा खाडीबाट फर्किएको दुरदराजको गाऊको झुपडीमा बस्ने पाउला वा कति शंभब होला ? मनबाट कोभिडको भूत/डर हटाउनुस । तपाईको आत्मबल वा प्रतिरक्षा शक्ति नै कोभिड संग लड्ने सेना हो ।
आज आठौ दिन: ज्वरो, शरिर दुख्ने, खान मन नलाग्ने, जागर नलाग्ने र शरिर कमजोड भएको छ। पट्याट लागेको छ तर मन बलियो छ । अस्पताल जानै पर्ने warning/critical sign (छाती दुख्ने, श्वास लिन अप्ठेरो, टोलाउने, बेहोस हुने, ओठ निलो हुने) देखिएको छैन । बोल्न मन कसै संग छैन । तर पनि आफन्तहरूले सोधि खोजि गरिदियोस भन्ने मनले खोज्दो रहेछ। मानिस चिन्ने दुखको बेला भन्छन,नियाल्दै छु । श्रीमतीले जस्तै दैनिक काम र बिमा कंपनीको डा. ले धेरै प्रश्नहरू सोध्छन । डाक्टरको काम बिरामीबाट डाटा संकलन गर्ने र प्रयोगशाला बनाउन जस्तो लाग्यो ।राती १ बजे काम ज्वरो आउला जस्तो लक्ष्यणहरू देखियो । उठेर दुई गोलि सिटामोल खांए । सानो बच्चा जस्तै गुटुमुटु परे, तर निद लाएन । मनमा बच्चा मै गुटुमुटु परेका धेरै कुराहरू याद आए। दिमागको हार्ड ड्राइभ खोलेर आफ्नो बाल्यकाल,जन्मघर, आमा, म र आज संझेर धेरै आधिबेहरी आए र छालहरू छचल्किए । आंखा बाट कति पानी बगे, कति बेला थामिए, निदाएछु थाहै भएन ।
आज बिहान तेहि ड्राईभ खोलेर लेख्दैछु । जे लेख्छु मनका कुरा लेख्ने कोशीश गर्नेछु । आज मेरो आफ्नो घर र कोठा छ! Attached bathroom छ ! सिटामोलको डब्बै छ ! थर्मामिटर छ, water boiler छ । दुई कामदार Google र Siri ले मौखिक आदेशको भरमा धेरै जसो काम गर्छन । Pulse oximeter छ । Apple Watch ले मुटुको गति नाप्छ र EKG समेत गर्छ ।आफ्नो ईच्छा अनुसारको नरम, कडा बेड, सिरानी, बेड कभर, ब्लाकेट छ ! तातो पार्ने इलेक्ट्रिक ब्लाकेट छ । कोठाको तामक्रम इच्छा अनुसार आदेशमा नियन्त्रण गर्न सक्छु । आफ्नो रूचि र इच्छा अनुसार खाना छ । केहि भए एक बटन बा बोलिमा ५ मिनेटमा एम्बुलेन्स ढोकामा हाजिर हुन्छ। यसको जानकारी आफ्नो परिबारलाई संगै जान्छ । दैनिक काम र बिमा कंपनीको डाक्टरको सम्पर्कमा छु । कुनै दिन गाऊमा सानोमा यहि शरिर यसरी नै रूघाखोकी लागि बिरामी हुदा सिटामोलको सट्टा पानी पट्टि थियो, पिसाब फेर्न घर बाहिर कम्तिमा पनि भर्यागं झरेर पेटि सम्म पुग्नु पर्थ्यो ।
पछाडिको झ्यालबाट तुर्कायो भने आधा कट्टु र झ्याल मै पर्दथ्यो । कति रात त बेड मै छोडियो । पिसाब माथी नै सुतिन्थ्यो एक छिन त निक्कै तातो र न्यायो हुन्थ्यो । पछि सेलाए पछि चिसो । पुनानो डल्ला कपास, आमाको च्यातिएका धोति र थाग्नाहरू बेड र सिरानी त्यसैमा गुटमुटिनुको बिकल्प थिएन । ज्वरो फुटे पछि बिना औषधी शरिर पसिनै पसिना लुतरूक्क हुन्थ्यो ।
अर्को दिन बिहान आर्युबेदिक गुरू(जसलाई आज पनि म हाम्रो परिबार र गाऊको जिवन रक्षादाता मान्छु) जसले नाडी समाई अनुहार हेरेर घरायसी औषधी बनाएर दिनुहुन्थ्यो । थप खाना डाइट त कुरै थिएन ! हामी सन्चै हुन्थ्यौ। बाचेको ज्यान यहि हो ।
मेरो बाल्यकाल, नेपालको गरिबी र आजको म तुलना गरे । म आफैलाई धेरा सुबिधा सम्पन्न पाए । मनोबल धेरै बढ्यो।
आफैलाई भाग्यमानी, सफल र बलियो बनाउनु छ भने माथि हैन सधै तल हेर्न सिन्नु पर्छ।
त्यस बेला पनि रोग र भाइरश त पक्कै थियो होला । तर डर भने बिकुल्ल थिएन । शरिर यहि हो । न त कुनै PPE, isolation, infection control, lab, X-ray वा research वा मिडियाको गनगन । खुशीसाथ बाचेकै थियौ । हिजो मेरो बाल्यकालको रात जस्तै आज पनि नेपालका गाऊका कति गरिबहरू गुज्रिरहेका होलान, आखां रसायो तर मन बलियो पारे ।
आज पनि बिदेशमा चिसोपानी र सिटामोल भरमा धेरै दिर्घरोगी बृद्दहरू बिना परिबारको सहयोग कोरोना जितेका उदाहरण थुप्रै छन। नेपालमा गाऊका गरिबहरू कति यस्ता नंया नया भाइरश र रोगहरू संग आज पनि एक्लै झुज्दै होलान । जुन कुरा सरकार र मिडियाको कानसम्म कहिल्यै पुग्दैन । नेपालको नेतृत्वले नेपाल भनेको काठमाडौ वा शहर मात्र हो भन्ने ठान्छ ! किनकी सबै नेतृत्वको ससुराली नै काठमाडौ र शहर बनिसकेको छ ।
रानीपोखरी, धरहरा, चुच्चे नक्शा, जनकपुर रेल पूर्ननिर्माणले दुरदराजको एउटा गरिब किसानको झुपडीमा के कति फाइदा गर्ला ? बिपिको कुरा संझन्छु “हरेक काम वा योजना वा निर्णय गर्दा एक गरिब किसान हलिलाई के फाइदा हुन्छ बिचार गर्नुस”
यति मुल मन्त्र मात्र याद गरेर काम गरे देश स्बर्ग बनि सक्थ्यो ।
सुबिधा सम्पन्न शहरको Computer labs मा बसेर PhD, research, obstruct, Articles लेखे जस्तो जिवन, ब्यबहार र बास्तबिकता हुदैन रहेछ । हिज शताब्दि अगाडी लेखिएका बेद, गिता, धर्मशास्त्रहरूले आज पनि बिश्वका मानवलाई जिवन बाच्न सिकाउदैछ । हाम्रै प्रम समेत अन्त्यमा गएर तेहि आर्युबेदको “बेसार” र धर्मशास्त्रका “राम” को शरण लिन पुगे ।
बेलैमा सबैले आफ्नो सोच्ने तरिका बदलौ । कोराना भाइरश हावा बाटै सर्छ, त्यसैले यसको नियन्त्रण अशंभब छ भन्ने मेरो बुझाई हो ।आजको मिति सम्म “ कोरोनाका बिरामी डाक्टर र अनुसन्धानकर्ताको ल्याब हो । ”आज बिदेश र शहरको सबै सुबिधा सम्पन्न ठाऊमा बसेर पनि हामी कोरोना बाट डराउदैछौ ! किनकी हामीहरूलाई हाम्रो भौतिक संम्पत्तीको लोभ छ !
तर गाऊको गरिबलाई यति धेरै डर छ जस्तो मलाई पटक्कै लाग्दैन । हाम्रो अल्पबुद्दि र सोचले हामीलाई नै खाईरहेको छ । हाम्रो डर कोभिड संग हैन, हाम्रै भौतिक शरिर र संम्पत्तिको हो !
प्रार्थना गर्ने सबैलाई सप्रेम धन्यबाद/ नमस्कार
वि.सं.२०७७ असोज ७ बुधवार १९:३२ मा प्रकाशित

























