back
CTIZAN AD

प्रदेश सांसद कँडेलद्वारा सेवा सुविधा फिर्ता

वि.सं.२०७७ असोज ७ बुधवार

801 

shares

७ असोज, काठमाडौँ । कर्णाली प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कँडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधा फिर्ता गरेका छन् । उनले प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा–सुविधा फिर्ता गर्दै प्रदेशसभा सदस्यको हैसियतले पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरेका छन् ।

“प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा–सुविधा लिइरहेकामा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा–सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु,” प्रदेशसभा सचिवालयमा कँडेलले दर्ता गराएको पत्रमा उल्लेख छ । प्रदेश सरकारले पूर्व सङ्घीय मन्त्रीसमेत रहेका कँडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले प्रदेशसभा सदस्य कँडेललाई कानुन विपरीत सेवा सुविधा दिएको ठहर गरेको थियो ।

वि.सं.२०७७ असोज ७ बुधवार २०:२० मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...