काठमाडाैं – अधिकृत र नायव सुब्बा मा लिखित परिक्षाबाट छनौट भएकाहरुको दोस्रो चरणको परिक्षा र न्याय सेवा तर्फका उम्मेदवारहरुको लिखित परिक्षा सुचारु हुनेभएको छ । लोक सेवा आयोगले सञ्चालन गर्ने सम्पुर्ण परिक्षाहरु कोभिड–१९ को महामारीका कारण स्थगित गरिएकोमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि पुनः सुचारु गर्ने आयोगले सुचना मार्फत जनाएको छ ।

वि.सं.२०७७ असोज ९ शुक्रवार १८:२१ मा प्रकाशित





























