back
CTIZAN AD

पेचिलो बन्दै मन्त्रिपरिषद् पुनर्गठनको विषय, कहाँ मिलेको छैन् कुरा ?

वि.सं.२०७७ असोज १३ मंगलवार

648 

shares

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका लागि भन्दै नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केहि दिन यता निरन्तर संवाद छ । ओली र प्रचण्डबीच संवाद चलिरहँदा मन्त्रिपरिषद पुनर्गठनको विषय भने पेचिलोपूर्णं बन्न थालेको छ ।

गत भदौ २६ मा सम्पन्न नेकपा स्थायी समिति बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयअनुसार नै गत असोज ४ मा पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने नीतिगत निर्णय गरेको थियो ।

सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनको लागि केहि मोडेल पनि अगाडि सारेको थियो । बैठकले दुई अध्यक्षलाई पुनर्गठनबारे अन्तिम निर्णय लिन जिम्मेवारीसमेत दिने निर्णय गरेको थियो ।

सचिवालय बैठकको निर्णयपश्चात नै दुई अध्यक्षबीच निरन्तर संवाद चलिरहेको छ । गत बिहिबारदेखि दुई अध्यक्षबीच दैनिकजसो छलफल छ । मंगलबार पनि दुई अध्यक्षबीच झण्डै तीन घण्टासम्म छलफल चलेको थियो ।

तर, सहमती खोज्नका लागि चलेको छलफल निरन्तर निष्कर्ष विहिन बन्दै जान थालेको छ । प्रचण्ड निकटका एक स्थायी समिति सदस्यले बताएअनुसार ‘छलफल सहमती उन्मुख नभई पेचिलो पूर्णं’ बन्न थालेको छ ।

मोडालिटीमै असहमती

पेरिसडाँडा बैठकले मन्त्रिपरिषद पुनर्गठनको लागि ३ वटा मोडेल अगाडि सारेको थियो । बैठकले प्रधानमन्त्री बाहेक सबैलाई बिदाई गर्ने, दुई वर्ष पुरा गरेकालाई बिदाई गर्ने र कार्य सम्पादनको मुल्यांकनका आधारमा हेरफेर गर्ने मोडेल अगाडि सारेको थियो ।

तर, ओली–प्रचण्डबीच कुन मोडेलबाट अगाडि बढ्ने भन्ने विषयमा नै सहमती जुट्न सकेको छैन् । ‘प्रधानमन्त्री आफुँलाई मनपर्नेलाई राख्ने र बाहेकलाई बिदा गर्ने अडानमा देखिनु भएको छ, उहाँ स्थायी समितिको निर्णयलाई त्यति वास्ता गर्नुभएको देखिँदैन्’ ति सदस्यले भने, ‘कुन आधारमा पुनर्गठन गर्ने भन्ने उहाँको स्पष्ट देखिएन, उहाँले स्थायी समितिको निर्णयलाई पनि वास्ता गर्नुभएन, कार्यसम्पादन मुल्यांकनको आधारमा सहमती खोजे पनि निर्णयमा पुग्न सजिलो हुन्थ्यो त्यो पनि भएन ।’

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीबोहका अन्य नेताहरुले सबै मन्त्रिहरु परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

वि.सं.२०७७ असोज १३ मंगलवार १७:५४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...