back
CTIZAN AD

मनपरि पिसिआर शुल्क लिने ल्याबलाई अनुमती खारेज गर्ने सरकारको चेतावनी

वि.सं.२०७७ असोज १४ बुधवार

729 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनपरि पिसिआर शुल्क लिने ८ ल्याबलाई शुल्क समायोजनका लागि २४ घण्टे निर्देशन जारी गरेको छ । बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयस्तरीय उक्त निर्णय जानकारी गराएका थिए ।

उनका अनुसार २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरिदिने निर्णय भएको छ । ‘बढी शुल्क लिएका प्रयोगशालालाई एकपटकका लागि चेतावनी दिने र २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको छ,’ गौतमले भने ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो। तर, ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, सौर्या हेल्थकेयरले मनपरी शुल्क लिँदै आएका छन् ।

प्रवक्ता गौतमका अनुसार तोकिएको शुल्कभन्दा बढि लिए कालोबजारीअन्तर्गत कारबाही गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णयसमेत भएको छ । बुधबार बसेको मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम ९आइसिएस०ले यी अस्पताललाई २४ घण्टाभित्र शुल्क समायोजन गर्न निर्देशन दिएको हो।

वि.सं.२०७७ असोज १४ बुधवार १८:२६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...