back
CTIZAN AD

मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाको प्रशंसा गर्दै राष्ट्रसंघद्वारा कदर पत्र प्रदान

वि.सं.२०७७ असोज १४ बुधवार

1.7K 

shares

१४ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् मध्य अफ्रिकी गणतन्त्रमा खटिएको नेपाली सेनाले गरेको कारवाहीको राष्ट्रसंघले उच्च सम्मान गरेको छ । MINUSCA मिशनमा तैनाथ गणले गरेको कारवाहीको फोर्स कमाण्डरद्वारा उच्च प्रशंसा सहित कदरपत्र प्रदान गरेको  हो ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यअन्तर्गत् मध्य अफ्रिकी गणतन्त्रमा  प्रमुख सेनानी समुन्द्र थापाको नेतृत्वमा रहेको श्री बटुकदल गणले फाल्गुण, जेठ र भाद्र महिनामा गरेको विभिन्न अप्रेसन र A LA LONDO मा हतियारधारी समूह विरुद्ध गरेको सशक्त कार्वाहीको सन्दर्भमा उल्लेख गर्दैै जनधनको क्षतिलाई रोक्न र सर्वसाधारणलाई सुरक्षाको प्रत्यभूति प्रदान गर्ने कार्यमा नेपाली सैनिकले निर्वाह गरेको विशेष भूमिका सराहनीय रहेको उक्त सम्मानमा उल्लेख छ ।

MINUSCA मिशन Central African Republic(CAR) का फोर्स कमान्डर Lt General TRAORE ले नेपाली शान्ति सैनिकको मिशनको अत्यन्त संवेदनशील क्षेत्रमा तैनाथ भई जटील एवम् चुर्नातीपूर्ण परिस्थितिमा प्रदर्शन गरेको साहसको उत्कृष्ट एवम अतुलनीय रहेको भन्दै प्रशंसा गरेका छन् ।

फोर्स कमाण्डर ट्रेअरले ‘आफ्नो जीउ ज्यानको पर्वाह नगरी नेपाली शान्ति सैनिकले देखाएको त्याग र समर्पणले वास्तवमै समष्टिगत रुपमा नेपाली सेनाको तथा विशेष गरी मिशनमा तैनाथ नेपाली शान्ति सैनिकको प्रतिबद्धता, समर्पण र पेशागत दक्षतालाई प्रर्दशित गर्दछ’ भनेका छन् । उनले नेपालले विश्व शान्तिको लागि तथा विशेषत Central African Republic(CAR) मा शान्ति स्थापनाका लागि दिएको सहयोगले उक्त द्वन्द्वग्रस्त मुलुकमा शान्ति सुरक्षा र स्थायित्व कायम गर्न मद्दत पुग्ने पनि उल्लेख गरेका छन् ।

वि.सं.२०७७ असोज १४ बुधवार १८:४४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...