back
CTIZAN AD

कर्मचारी दरबन्दी सिफारिस समितिले बुझाएको प्रतिवेदन राखेपले बुझ्यो

वि.सं.२०७७ असोज १४ बुधवार

909 

shares

१४ असोज, काठमाडौं । तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो । समितिका सदस्यहरुमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल, सचिवालय प्रशासकीय अधिकृत इन्द्रबहादुर कार्की, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई, कानून शाखाका प्रमुख नारायणराज आर्याल तथा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्रप्रसाद पौडेल रहेका छन् । सचिवमा कर्मचारी प्रशासन शाखाका प्रमुख विनोदकुमार उप्रेती छन् ।

समितिलाई ४ बुँदे टीओआरको परिधिभित्र रहि प्रतिवेदन तयार गर्न भनिएको थियो । जस अनुसार समितिले खेलकुदको संरचना (संघ, प्रदेश र स्थानिय तह) को प्रस्तावित ढाँचा तयार गर्ने, प्रस्तावित ढाँचा बमोजिम कर्मचारी रहने दरबन्दीको प्रस्ताव तयार गर्ने, बढुवा र स्थायी पदपूर्ति सम्बन्धी प्रस्तावित कार्यनिर्देश तयार गर्ने तथा जारी हुने नयाँ ऐन बमोजिम खेलकुद विकास नियम र कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको प्रस्तावित खाका तयार गर्नु पर्ने थियो । अन्तिमको बुँदा बाहेक सबैको खाका तयारी गरी प्रतिवेदनमा समावेश गरिएको बताउदै सदस्य अर्यालले त्यो बुँदामा पनि काम भइरहेको जानकारी गराए ।

एसियाबाट खड्का छनोट

विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट भएका छन् । युएस वल्र्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुनेछ ।

विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।

पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा केहि महिना अघि भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका मध्ये ५ उत्कृष्ट निर्णायकलाई विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि छनोट गरिएको हो । निर्णायकको भुमिका निर्वाह गरेवापत प्रत्येकले दैनिक १ सय अमेरिकन डलरका दरले पारिश्रमिक पाउने छन् । अनलाइन मार्फत प्रत्यक्ष हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुकले दर्ता शुल्क वापत १ सय अमेरिकी डलर बुझाउनु पर्ने छ ।

वि.सं.२०७७ असोज १४ बुधवार २१:११ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...