back

डेढ सय करोडको लगानीमा बनेका प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा

वि.सं.२०७७ असोज १५ बिहीवार

627 

shares
NTC AD

असोज १५ । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं। १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रु। एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनो प्रत्यक्ष रोजगारी पाउने भएका छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरु छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँच तारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा रु। एक अर्ब लगानी भएको बताइएको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १०:४० मा प्रकाशित

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ, अन्यलाई फर्कन अपिल

दमौली (तनहुँ) । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी...

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध

बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन (बागलुङ) । भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ...

उर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण

उर्जामन्त्री घिसिङ्द्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज...

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

जेरुसेलम । अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला...

महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई...

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको...